देवदह । देवदहमा जारी मंगलपुष्करिणी दह महोत्सव स्थगित भएको छ । बिहिबार बिहानदेखि परेको बर्षाका कारण महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संयोजक मोहन जिसीले जानकारी दिए ।
"आज समापनको तयारी थियो तर बिहानदेखिको बर्षाले मन्चमा समेत क्षति पुर्याएपछि महोत्सवका सम्पूर्ण कार्यक्रम अर्को सूचना नहुन्जेल सम्मको लागि स्थगित गरिएको छ ।" महोत्सव मूल आयोजक समिति संयोजक जिसिले भने ।
यही चैत्र २१ बौद्ध परम्परा अनुसार महापरित्राण गरि सुरु गरिएको महोत्सवमा त्यसयता श्रीमदभागवाद महापुराण पाठ भैरहेको थियो ।
देवदह-९ प्रगति सामुदायिक वन क्षेत्रमा रहेको ऐतिहासिक मंगलपुष्करिणी दह महोत्सवको प्रचार प्रसार तथा गौशाला व्यवस्थापन र स्थानीय सन्दिप आधारभूत विद्यालयमा कोष व्यवस्थापन गर्ने उद्धेश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ ।
देवदह नगरपालिका संरक्षक रहेको महोत्सवको सह-आयोजक प्रगति सामुदायिक वन रहेको छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology