देवदह । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मङ्गल पुष्करिणी दह महोत्सवले देवदहको धार्मिक साँस्कृतिक पर्यटन पर्वद्धनमा महत्वपूर्ण योगदान पुर्याएको बताएका छन् । शुक्रवार आफ्नो फेसबुक पेजमार्फत महोत्सवमा देवदह ताल र आफु कार्यक्रममा सहभागि भएको फोटो समेत सेयर गर्दै उनले महोत्सवले दहको संरक्षण र विकासमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।
पाँच लाख ४२ हजार फलोअर्स रहेको आफ्नो पेजमा उनले लेखेका छन् ‘ध्यानम् समनपस्सन्तम् मङ्गल पुष्करिणी सुखम्’ । उनले अगाडि लेखेका छन्, ‘रूपन्देही जाँदा मङ्गल पुष्करिणी दह धार्मिक महोत्सवमा सहभागी हुने अवसर प्राप्त भयो, यो महोत्सवले मङ्गलपुष्करिणी दहको संरक्षण र विकासमा मात्र होइन, देवदह क्षेत्रको धार्मिक सांस्कृतिक पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिएको छु ।’
नेपाली कांग्रेस रुपन्देही प्रतिनिधिसभा क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलन उद्घाटनका लागि आएका थापाले चैत्र २७ गते साँझ मङ्गल पुष्करिणी दह महोत्सव स्थलमा पुगेर भक्तजनहरुलाई सम्बोधन समेत गरेका थिए । सो अवसरमा उनले देवदह घोडाहामा रहेको मङ्गलपुष्करिणी दहबारे आफुले पहिलोपटक थाहा पाएको र उक्त स्थानमा दर्शन गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology