बुटवल । बुटवलमा सहकारीमा व्यवसाय प्रवर्द्धन तथा उद्यमशिलता विकास सम्बन्धि एकदिने तालिम सम्पन्न भएको छ। जिल्ला सहकारी संघ रुपन्देहीले आयोजना गरेको तालिममा २८ वटा सहकारीका ४३ जनाको सहभागीता रहेको थियो ।
तालिममा राष्ट्रिय सहकारी विकास वोर्डका पुर्व विज्ञ सदस्य डा. रामजी प्रसाद न्यौपानेले सहजीकरण गरेका थिए ।
जिल्ला सहकारी संघका शिक्षा तथा तालिम समिति संयोजक गंगालाल सापकोटाको अध्यक्षता रहेको तालिममा जिल्ला संघ रुपन्देहीका अध्यक्ष भीम प्रसाद तुलाचन, राष्ट्रिय सहकारी विकास बोर्डका पूर्व सदस्य सन्दिप सापकोटा, कार्यक्रम संयोजक मोतिलाल ढकाल, संघका व्यवस्थापक लक्ष्मी ज्ञवाली लगायतले बोलेका थिए ।
प्रशिक्षार्थीहरु पिताम्बर पुन र सुशिला भण्डारीले तालिममा सिकेका विषयबारे विचार राखेका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology