भोजपुर । गोबर मल बोकेको ट्रयाक्टर गए राति भोजपुर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ। दुर्घटनामा परेर वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र ५५ वर्षीय भक्तबहादुर थापा ज्यान गएको हो ।
भोजपुर नगरपालिका–५ बोखिमबाट हिँडेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्रयाक्टर नगरपालिका–३ सेतीबगरमा दुर्घटना थियो।
दुर्घटनामा परेका दुबै जना भोजपुर–५ का बासिन्दा हुन्।
जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख युवराज तिम्सिनाले घटनाको पुष्टि गर्दै ट्रयाक्टर चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology