हङकङ । हङकङमा जारी चार राष्ट्रबीचको टी–२० सिरिजको उपाधिका लागि आइतबार नेपाल र कुवेतबीच प्रतिस्पर्धा हुँदैछ। मङ ककस्थित मिसन रोड क्रिकेट ग्राउन्डमा हुने फाइनल खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुने तालिका छ।
शनिबार नेपाल र आयोजक हङकङबीचको खेल वर्षाका कारण रद्द भएपछि नेपालले फाइनलमा स्थान बनाएको हो। तीन खेलबाट पाँच अंक जोडेको नेपाल समूह चरणको शीर्ष टोली बनेको छ भने कुवेतले तीन खेलमा एक जित, एक हार र एक बराबरीसहित चार अंक बटुलेको थियो।
शनिबारको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो। हङकङले ९ ओभरमा ३ विकेट गुमाएर ६८ रन बनाइसकेको थियो। तर, त्यसपछि परेको वर्षाका कारण खेल रोकिएको र अन्ततः रद्द गरिएको थियो। नेपालले अंक तालिकामा हङकङभन्दा अगाडि रहेकाले फाइनलमा स्थान बनायो।
जारी प्रतियोगितामा नेपाल अपराजित टोलीका रूपमा अगाडि बढेको हो। नेपालले समूह चरणमा कुवेत र कतारलाई पराजित गरेको थियो। आयोजक हङकङ, नेपाल, कुवेत र कतार सहभागी टोली हुन्।
आजै हङकङ र कतार तेस्रो स्थानका लागि खेल्दै छन्।
नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय टी–२० सिरिजको उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology