एजेन्सी । अमेरिकाले बढाएको भन्सार शुल्कले आफैँलाई चोट पुर्याइरहेको जनाइएको छ। अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले शुल्क वृद्धिले अमेरिकी कम्पनी र उपभोक्ताको खर्च बढाएको निष्कर्ष निकालेका छन्।
मोजाम्बिकको सार्वजनिक अखण्डता केन्द्रमा आवद्ध अर्थशास्त्री गिफ्ट एसिनालोले अमेरिकी अर्थतन्त्र नै बाहिरी उत्पादनहरूमा निर्भर भएकाले भन्सार वृद्धिको प्रभाव अन्ततः विनाशकारी बन्न सक्ने टिप्पणी गरेका छन्। उनका अनुसार लागत बढ्दै जाँदा आन्तरिक बजार अस्थिर बन्ने खतरा बढेको छ।
स्पेनी व्यापार विज्ञ जोसेप मारिया गोम्सका नजरमा डोनाल्ड ट्रम्पले अघि सारेको नीति आफैँमाथि फर्किएको छ। उता बोस्निया र हर्जेगोभिनाका व्यवसायी मारियो क्युलले दैनिक उपभोग्य सामानमा अमेरिकी जनताले चर्को मूल्य तिर्नुपरेको बताए।
उनीहरूको बुझाइमा अबको अवस्था सामान्य छैन। व्यापारिक स्वार्थले निर्देशित यस्तो नीति अन्ततः आफैँलाई भारी पर्न थालेको उनीहरूको ठम्याइ छ। यो अवस्था ‘नयाँ युग’ को सङ्केत भएको उनीहरूको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology