Logo

२०८३, कार्तिक २८गते


images
images

वीरगञ्ज घटना

वीरगञ्जमा कर्फ्यु आदेश राति १२ बजेसम्म थप

वीरगञ्जमा कर्फ्यु आदेश राति १२ बजेसम्म थप

images
  • वीरगञ्जमा कर्फ्यु आदेश राति १२ बजेसम्म थप
    images

    वीरगञ्ज । वीरगञ्जमा जारी कर्फ्यु आज राति १२ बजेसम्म थपिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले स्थिति अझै पूर्ण रूपमा सामान्य नभएको भन्दै कर्फ्यु आदेश लम्ब्याउने निर्णय गरेको हो।

    images
    images
    images

    शनिबार साँझ ७ः३० बजेदेखि आइतबार दिउँसो १२ बजेसम्मका लागि लागू गरिएको कर्फ्यु आज चैत ३१ गते राति १२ बजेसम्म कायम रहने प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन्।

    images
    images
    images

    कर्फ्यु प्रभावित क्षेत्र पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म फैलिएको छ।

    images
    images

    विश्व हिन्दू परिषद् नेपाल, वीरगञ्ज महानगर समितिले आयोजना गरेको शोभायात्रा शनिबार अपराह्न करिब ४ः५० बजे जामा मस्जिद अगाडि पुग्दा दुई समूहबीच झडप भएको थियो। त्यसपछि तनाव चुलिएपछि प्रशासनले सुरक्षा अवस्था नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गरेको हो।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।