Logo

२०८३, कार्तिक २८गते


images
images

राजनीति

सबैलाई मिलाउने संविधान, तर एकल बहुमत कठिन : देउवा

सबैलाई मिलाउने संविधान, तर एकल बहुमत कठिन : देउवा

images
  • सबैलाई मिलाउने संविधान, तर एकल बहुमत कठिन : देउवा
    images

    काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको संविधान पूर्णरूपमा समानुपातिक र समावेशी आधारमा बनेको दाबी गरेका छन्। आइतवार नेपाल मुस्लिम संघको इद मिलन तथा नयाँ वर्षको शुभकामना कार्यक्रममा देउवाले संविधान सबैलाई मिलाउने खालको भएको र यही संविधानले राज्यका निकायमा सबै समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको बताएका हुन्।

    images
    images
    images

    ‘नेपालको संविधान अत्यन्तै राम्रो संविधान छ,’ उनले भने, ‘सबैलाई मिलाएर लाने संविधान छ। यसले कुनैपनि पार्टीको बहुमत आउन चाहिँ गाह्रो छ। तर गाह्रो भएतापनि सबैलाई मिलाउन सक्ने यो संविधान हो।’

    images
    images
    images

    उनले संविधानकै कारण जनजाति, आदिवासी, मुस्लिम, थारु, मधेसी, महिला लगायत सबै समूहको प्रतिनिधित्व सुनिश्चित भएको उल्लेख गरे। देउवाले कांग्रेसभित्र पनि समावेशी र समानुपातिक विधानअनुसार नेतृत्व चयन हुने प्रणाली रहेको र त्यसकै आधारमा मुस्लिम समुदायबाट पनि नेताहरू अगाडि आएका बताए।

    images
    images

    ‘कांग्रेसको विधान पनि समावेशी र समानुपातिक छ। त्यसैले मुस्लिम समुदायबाट पनि नेताहरू हुनुहुन्छ’ उनले भने ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।