Logo

२०८३, कार्तिक २८गते


images
images

देवदहमा बाल लोकगीत प्रतियोगिता

देवदहमा बाल लोकगीत प्रतियोगिता

images
  • देवदहमा बाल लोकगीत प्रतियोगिता
    images

    देवदह । बालबालिकाको प्रतिभा अभिव्यक्तिको सन्देशसहित देवदहमा बाल लोकगीत प्रतियोगिता सम्पन्न भएको छ। बालमैत्री स्थानीय शासन अन्तरगत बालमैत्री सूचक पूरा गर्न लागि परेको देवदह-६ मा प्रतियोगिता सम्पन्न भएको हो ।  

    images
    images
    images

    प्रतियोगितामा देवदहका ६ वटा बाल क्लबले सहभागिता जनाएका थिए। प्रतियोगितामा एकता भृकुटी बाल क्लब प्रथम, दाउन्ने बाल क्लब द्वितीय र युगज्योति बाल क्लब तृतीय भए। 

    images
    images
    images

    विजयी समूहलाई स्टेशनरी सामग्री, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा सहभागी सबै समूहलाई प्रमाणपत्र वितरण गरिएको छ। 

    images
    images

    कार्यक्रममा देवदह नगर प्रमुख ध्रुवप्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ लगायतको उपस्थिति रहेको थियो । 

    प्रतियोगितामा निर्णायकको भूमिका देवदह आदर्श क्याम्पस प्रमुख जयकिशन अधिकारी, नेपाल बाल संगठन उपाध्यक्ष अन्जु श्रेष्ठ र स्थानीय कलाकार सन्ध्या मल्लले निर्वाह गरेका थिए।
     
    देवदह-६ का वडा अध्यक्ष खेम बहादुर थापा मगरको अध्यक्षता रहेको कार्यक्रमको संचालन बालमैत्री सहजकर्ता बबिता भट्टराईले गरेकी थिइन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।