Logo

२०८३, कार्तिक २८गते


images
images

सुरु भयो विक्रम संवत् २०८२, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

सुरु भयो विक्रम संवत् २०८२, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै

images
  • सुरु भयो विक्रम संवत् २०८२, नयाँ वर्ष हर्षोल्लासका साथ मनाइँदै
    images

    बुटवल  । विक्रम संवत् २०८२ साल आजबाट सुरु भएको छ। नयाँ वर्षको प्रारम्भसँगै नेपालभित्र र विदेशमा रहेका नेपालीहरूले एक–आपसमा शुभकामना आदान–प्रदान गर्दै उत्सवको वातावरण बनाएका छन्।

    images
    images
    images

    नयाँ वर्ष आरम्भ भएको अवसरमा आज सरकारी कार्यालय, सार्वजनिक संस्थान र शिक्षण संस्था बन्द गरिएका छन्। सार्वजनिक बिदा दिइएकाले बिहानैदेखि स्नान, पूजाआजा, मन्दिर गमन, घर सफा गर्ने, मिठो खानेजस्ता परम्परागत क्रियाकलापसँगै मान्यजन र साथीसंगी भेटघाट हुँदैछ। वर्षको पहिलो दिन राम्रो भयो भने पूरै वर्ष शुभ हुने जनविश्वास रहेको छ।

    images
    images
    images

    राजनीतिक नेतृत्व तहबाट समेत नयाँ वर्षका अवसरमा शुभकामना सन्देशहरू सार्वजनिक भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायण दाहाल, विभिन्न राजनीतिक दलका नेताहरूले सन्देशमार्फत देश र जनताको समृद्धिको कामना गरेका छन्।

    images
    images

    नयाँ वर्षका दिन सफलता र सुसंस्कारका कामनासहित नयाँ योजना बनाउने, नयाँ कार्यको थालनी गर्ने, र सामाजिक मेलमिलापलाई बलियो बनाउने परम्परा पनि जोडिएको छ। धेरै स्थानमा सांस्कृतिक कार्यक्रम, सामूहिक भोज र शुभेच्छा आदान–प्रदान भइरहेको छ।

    नेपालमा प्रचलित विक्रम संवत्लाई ऐतिहासिक रूपमा मौलिक संवत् मानिन्छ। राजा विक्रमादित्यले चलाएको मानिने यो संवत् मल्लकालदेखि नेपालमा व्यवहारिक रूपमा अपनाइएको हो। भारतमा शक संवत् सरकारी संवत् भए पनि व्यवहारमा इस्वी संवत् प्रचलित छ भने नेपालमा विक्रम संवत् नै प्रशासनिक र सामाजिक दुवै तहमा प्रयोगमा छ। इतिहासकारहरूका अनुसार १२औँ शताब्दीमा गुजरातबाट आएका पण्डितहरूले नेपालमा ल्याएको लेखसङ्ग्रहमा पहिलोपटक विक्रम संवत्को उल्लेख पाइन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।