Logo

२०८३, आश्विन १०गते


images
images

३३ किलो सुन प्रकरणका अभियोगमा गोरेलाई जन्मकैद

३३ किलो सुन प्रकरणका अभियोगमा गोरेलाई जन्मकैद

images
  • ३३ किलो सुन प्रकरणका  अभियोगमा गोरेलाई जन्मकैद
    images
    images

    काठमाडौँ । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगको मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । गोरे  सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ जना दोषी ठहर भएका छन् । अन्य सबैले सफाइ पाएका छन् । 

    images
    images
    images

     

    images
    images
    images

    फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । हत्यामा जन्मकैद पाउनेमा गोरे भनिने चुडामणि उप्रेतीसँगै टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । थप दुई जनालाई तीन वर्ष र ६ महीना कैद सजाय सुनाइएको छ । अपहरण तथा शरीर बन्धकमा पनि गोरे मात्र दोषी ठहर भएका छन् । अन्यले सफाइ पाएका छन् ।

    images
    images
    images

     

    २०७४ माघ अन्तिम साता यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थल हुँदै नेपाल भित्र्याइएको तस्करीको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । भरिया उर्लाबारीका सनम शाक्य थिए । उनले बोकेको सुन सम्बन्धित व्यक्तिसम्म नपुग्नै बीचमै खोसियो । घटनालाई लुकाउन प्रहरीले भूमिका खेलेको आरोप लागेको थियो । यस प्रकरणमा नेपाल प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमख एसएसपी दिवेश लोहनी, डीएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेल पनि आरोपित थिए ।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # ३३ किलो सुन प्रकरण
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।