काठमाडौं । अहिले देशमा मुख्यतया स्थानीय वायुको प्रभाव देखिएको छ। यसको असरले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहितका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भागमा केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।
दिउँसोको समय पनि उस्तै रहने संकेत छ। देशका अधिकांश पहाडी भूभागमा बादल लाग्नेछ भने केही स्थानमा चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने देखिएको छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
रातिको समय पनि कोशीसहितका पहाडी प्रदेशहरूमा बादल लाग्नेछ भने बाँकी भूभाग प्रायः सफा रहने महाशाखाको अनुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा चट्याङ्गसहित हल्का वर्षा र उच्च भूभागमा हिमपात सम्भावित रहेको जानकारी दिइएको छ।
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै पहाडी स्थान र देशका अन्य केही भू–भागमा वर्षा तथा हिमपातको असरले तिमीको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा असर पार्न सक्छ। मौसमले साथ नदिने संकेत देखिएकाले आवश्यक सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology