काठमाडौं । नेपालमा आज बिहानै भूकम्पको धक्का महसुस भएको छ। नेपाल-चीन सीमा क्षेत्रमा गएको भूकम्प धक्का काठमाडौंसम्म महसुस भएको हो।
काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले उक्त भूकम्पको तीव्रता ५ म्याग्निच्युड मापन गरेको छ। केन्द्रका अनुसार नेपाली सीमा क्षेत्रबाट करिब १८ किलोमिटरको दुरीमा बिहान ४ बजेर ५ मिनेट भूकम्प गएको थियो । भूकम्पको केन्द्रविन्दु चीनको सिगात्सेस्थित दिङ्गी काउन्टीमा थियो।
नेपाल-चीन सीमा क्षेत्रको सिगात्सेको दिङ्गी काउन्टीमा पटक-पटक भूकम्प गएको छ। यसअघि २०८१ सालको पुस २३ गते ७ म्याग्निच्युडको र फागुन २४ गते ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि पनि पटक-पटक परकम्पहरु गइरहेका छन्।
पुस २३ को भूकम्प र त्यसपछिका ठूला परकम्पले सिगात्सेमा जनधनको पनि क्षति पुगेको थियो। वैशाख २ गते एकैदिन जाजरकोट केन्द्रविन्दु भएर दुईपटक भूकम्प गएको थियो।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology