Logo

२०८३, आश्विन १०गते


images
images

गुणस्तर जाँच

नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो

नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो

images
  • नेपालबाट निर्यात हुने खाद्यवस्तुहरू परीक्षणको लागि भारत जानुपर्ने बाध्यता हट्यो
    images
    images

    काठमाडौं । नेपालबाट भारत निर्यात हुने खाद्यवस्तु परीक्षण गर्न भारत जानुपर्ने बाध्यता हटेको छ। नेपालमै रहेका दुई प्रयोगशालाले भारतबाट अन्तर्राष्ट्रिय मान्यता पाएसँगै अबदेखि खाद्यवस्तुहरूको गुणस्तर परीक्षण यहीँ हुनेछ। भारतले नेपाल सरकारको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गतको नेपाल राष्ट्रिय खाद्य तथा दाना रिफ्रेन्स ल्याब र विराटनगरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालालाई आधिकारिक रूपमा मान्यता दिएको हो।

    images
    images
    images

    यसअघि भारत पठाउने तयारीमा रहेका जुस, जाम, जेली, अचार, चिनी, अदुवा, फलफूल, तरकारी र इन्स्टेन्ट नुडल्सजस्ता वस्तुहरूको परीक्षण भारतकै ल्याबमा गराउनुपर्ने बाध्यता थियो। अब त्यही परीक्षण नेपालमै हुनेछ र नेपालबाटै जारी प्रमाणपत्र भारतमा पनि मान्य हुनेछ।

    images
    images
    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीवकुमार कर्णका अनुसार, यही अप्रिल ४ देखि भारतको फुड सेफ्टी एन्ड स्ट्यान्डर्डस अथोरिटी अफ इन्डिया (FSSAI) र राष्ट्रिय मान्यता बोर्ड (NABL) ले यी दुई नेपाली ल्याबलाई मान्यता दिएका हुन्। त्यसपछि अब नेपालबाट परीक्षण भई आएका खाद्यवस्तुको रिपोर्ट भारतले पनि मान्नेछ।

    images
    images
    images

    नेपालले अन्तर्राष्ट्रिय बजारमा स्वीकारिने प्रमाणपत्र दिने क्षमता विकास गर्न थालेको पनि यसबाट देखिन्छ। अब परीक्षण प्रतिवेदन नेपाली ल्याबमै तयार हुनेछ, भारतको भन्सारले त्यसलाई नै मान्यता दिनेछ। यसअघि भारतको लखनउ, दिल्ली, कोलकाता जस्ता शहरमा परीक्षण गराउनुपर्ने बाध्यता थियो, जसले व्यवसायीको लागत बढाउँथ्यो।

    कर्णका अनुसार, “पहिले खाद्यवस्तु भारतमा परीक्षण गराउनुपर्थ्यो। कहिलेकाहीँ फिर्ता ल्याउनुपर्थ्यो, कहिलेकाहीँ नष्ट गरिन्थ्यो। अब त्यो अवस्था अन्त्य भएको छ। यो व्यापारका लागि सहज र लागत घटाउने कुरा हो।”

    अबदेखि व्यवसायीहरूले निर्यातको योजना बनाइसकेपछि दुई साता अगाडि नै निवेदन दिनुपर्नेछ। त्यसपछि सम्बन्धित उद्योगको निरीक्षण र ब्याच प्रमाणीकरण हुनेछ। विभागले जनाएअनुसार, नेपालका ल्याबहरूले ६३४ वटा प्यारामिटरमा परीक्षण गर्न सक्छन्।

    नेपालसँग हाल १३ वटा ल्याब छन्। यीमध्ये दुई ल्याबले अहिले भारतको मान्यता पाएका छन्। विभागको विश्वास छ— यो शुरुवातले खाद्यवस्तु निर्यातमा ठूलो सहजीकरण ल्याउनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।