Logo

२०८३, आश्विन १०गते


images
images

यु–१९ विश्वकप

यु–१९ विश्वकपमा पुग्न नेपाल एक जीत टाढा

यु–१९ विश्वकपमा पुग्न नेपाल एक जीत टाढा

images
  • यु–१९ विश्वकपमा पुग्न नेपाल एक जीत टाढा
    images
    images

    काठमाडौं । नेपालले घरेलु मैदानमा जारी आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार तेस्रो जित निकाल्दै विजेता बन्ने बलियो दाबेदारी प्रश्तुत गरेको छ । मूलपानी क्रिकेट मैदान (माथिल्लो) मा नेपालले बुधवार हङकङमाथि ९ विकेटको रबाफिलो जितसँगै जारी विश्वकप एशिया छनोटमा बलियो दाबेदारी प्रस्तुत गरेको हो ।

    images
    images
    images

    टेस्ट राष्ट्र अफगानिस्तान, हङकङ, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) सम्मिलित छनोटको विजेताले सन् २०२६ मा जिम्बावे र नामिबियामा यु–१९ विश्वकपमा स्थान बनाउनेछ । लिगमा शिर्ष स्थानमा रहने टोली विजेता बन्नेछ । हालसम्म अंक तालिकामा अफगानिस्तान र नेपाल बलिया दाबेदार हुन् । यी दुई बीच आगामी शनिवार लिगको अन्तिम खेलमा प्रतिष्पर्धा हुनेछ । त्यसले नै विश्वकप खेल्ने टोलीको टुङ्गो लाग्नेछ ।

    images
    images
    images

    तीन खेलबाट नेपाल ६ अंक बटुल्दै शिर्षमा छ । दुई खेल जितिसकेको अफगानिस्तानले पनि बुधवार तेस्रो खेलमा युएईविरुद्ध खेलिरहेको छ । अफगानिस्तानले तीन सय ६० रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ । विशाल लक्ष्य पछ्याएको युएई ९५÷४ को अवस्थामा छ । त्यसैले यो खेलमा पनि बलियो टोली युएई जितनजिक पुगेको मान्न सकिन्छ । यस्तो अवस्थामा अब उपाधिका दाबेदार अफगानिस्तान र नेपाल नै हुन् । जुन निर्णय शनिवार हुने खेलले टुङ्गो लगाउनेछ । नेपालले पनि हङकङमाथि सहजै नतिजा आफ्नो पक्षमा पार्दै तेस्रो जित निकालेको हो । हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको थियो । जबाफमा नेपालले १२.३ ओभरमा मात्र एक विकेट गुमाउँदै लक्ष्य भेट्टायो । 

    images
    images
    images

    नेपालका ओपनरद्वय साहिल पटेल र नीरजकुमार यादवले पहिलो विकेटका लागि ५५ रनको साझेदारी गर्दै सहज सुरुआत गरे । नीरजकुमार २३ रनमा आउट भए । उनको इनिङमा चार चौका रह्यो । तर, साहिल भने ४२ रनमा अविजित रहे । उनले ४१ बलमा आठ चौका प्रहार गरे । कप्तान नरेन भट्ट पनि ३९ रनमा अविजित रहँदै साहिललाई साथ दिए । नरेनले २३ बलमा आठ चौका प्रहार गरे । नरेन र साहिलबीच दोस्रो विकेटका लागि ६३ रनको अविजित साझेदारी भयो । हङकङको बलिङमा एक मात्र विकेट सायन पुरीले लिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हङकङ ४६.२ ओभरमा एक सय १५ रनको सामान्य योगफलमा नै अलआउट हुन पुग्यो । हङकङका कप्तान शिव माथुरले ६३ रनको अर्धसतकीय इनिङ खेले । 

    दोस्रो ओभरमा नै ओपनर जुड ली थोमसलाई शून्यमै गुमाएपछि हङकङको शुरुवात खराब बन्यो । त्यसपछि आएका माथुरले इनिङ सम्हाले । उनले अर्का ओपनर आर्या पन्ज्वानीसँग ५० रनको साझेदारी गरे । आर्या पनि १० रनमा नै आउट भए । चार रनको अन्तरमा हङकङले तीन विकेट गुमायो । आर्यासँगै अब्दुल समाद १ रन र प्रीत किशोर कुमार शून्यमा नै आउट भए । यससँगै हङकङ २७.५ ओभरमा ६४ रन बनाउँदा ४ विकेट पतन भईसकेको थियो । त्यसपछि शिवले पाँचौं विकेटका लागि ह्यारी थोमससँग २६ रनको साझेदारी गरे । थोमस पनि १० रन जोडेर आउट भए । त्यसपछि शिव पनि छैटौं विकेटका रूपमा पेभेलियन फर्किए । शिवले एक सय १६ बलमा चार चौका र एक छक्का प्रहार गरे । 

    उनी आउट हुँदा हङकङले ४१.१ ओभरमा ६ विकेट गुमाउँदै एक सय ७ रन बनाएको थियो । त्यसपछि खातामा थप ८ रन जोड्दा हङकङले चार विकेट नै गुमाउन पुग्यो । नेपालको बलिङमा युवराज खत्रीले चार, विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट लिँदै हङकङको इनिङ सस्तैमा रोके । यससँगै हङकङले दोस्रो हार सामना ग¥यो । 

    यसअघि नेपालले युएईलाई डकवर्थ लुइस पद्धति (डिएसएल) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेको थियो । लगातार दोस्रो हार व्यहोरेको हङकङ अंकविहिन छ । हङकङ पहिलो खेलमा अफगानिस्तानसँग आठ विकेटले पराजित भएको थियो । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।