Logo

२०८३, कार्तिक २८गते


images
images

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर

नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर

images
  • नेपालमा पूर्वराजा शाहको कुनै अस्तित्व छैनः अध्यक्ष ठाकुर
    images

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका अध्यक्ष महन्थ ठाकुरले पूर्वराजा ज्ञानेन्द्र शाहको नेपालमा कुनै अस्तित्व नरहेको टिप्पणी गरेका छन्। बुधवार पार्टी केन्द्रीय कार्यालय बबरमहलमा आयोजित नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै ठाकुरले पूर्वराजालाई ‘राजा गइसकेका व्यक्ति’को रूपमा व्याख्या गरे। 

    images
    images
    images

    उनका अनुसार ज्ञानेन्द्र शाह अहिले पनि पूर्वराजा भन्दै ठाउँठाउँमा उपस्थित हुने गरे पनि उनी राजा नै नभएको, अस्तित्वविहीन पात्र भएको दाबी गरे।

    images
    images
    images

    “राजा गइसकेका हुन्, उनी छँदै थिएनन्। उनको अस्तित्व छैन,” ठाकुरले भने, “अझै पनि आफूलाई पूर्वराजा भनेर हिँडेका छन्। ठाउँमा ठाउँमा उपस्थित भएका छन्। फागुन ७ गते र नयाँ वर्षमा दिएको उनको वक्तव्य आपत्तिजनक छ।”

    images
    images

    पूर्वराजा शाह संसदीय व्यवस्थालाई स्वीकार गरेझैँ देखिए पनि व्यवहारमा भने त्यसलाई आफ्नो अधीनमा राख्न खोजिरहेको ठाकुरको आरोप छ। “संसदीय व्यवस्था मानेका छन्, तर त्यो आफ्नै अधीनमा हुनुपर्छ भन्ने सोच राखेका छन्। उनको बद्मासी यहाँ पनि स्पष्ट देखिन्छ,” ठाकुरको भनाइ थियो।

    कार्यक्रममा अध्यक्ष ठाकुरले हालको राजनीतिक अवस्था संघर्षको चरणमै रहेको उल्लेख गरे। उनले माईतीघर मण्डलामा निरन्तर भइरहने प्रदर्शन, चैत्र १५ गतेको घटना र त्यसले उठाएका प्रश्नहरूलाई स्मरण गर्दै भने, “इतिहासमा सबै कुरा सही हुन्छ भन्ने हुँदैन, घटना सही हुन्छ, तर मूल्यांकन आ–आफ्नै हुन्छ।”

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।