Logo

२०८३, आश्विन १०गते


images
images

समृद्धिको बहस

पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस

images
  • पूर्वाधार अलपत्र, नीति अस्पष्ट : भैरहवामा उठ्यो समृद्धिको बहस
    images
    images

    भैरहवा । रुपन्देहीका नागरिक समाज, उद्योगी, व्यवसायी र बुद्धिजीविहरुले देशको विकास र समृद्धिबारे चिन्ता व्यक्त गरेका छन् । बिहिवार भैरहवामा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरुले जिल्लामा निर्माण भएका पूर्वाधार अलपत्र पारिएको तथा नीतिगत रुपमै सरकार स्पष्ट नरहेकोले समस्या थपिएको विचार राखे । उनीहरुले विकासमा राजनीति नगर्न र नागरिकलाई आश्वासन मात्र दिने कार्य नगर्न सरकार र राजनीतिक दलको ध्यानाकर्षण गराए । 

    images
    images
    images

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा भएको कार्यक्रममा बोल्दै उनीहरुले सदनमा जनताका आवाज उठाउन र आवश्यक पहल लिन प्रचण्डलाई अनुरोध गरे । 

    images
    images
    images

    माओवादी केन्द्रको जनतासंग माओवादी हुलाकी मार्ग जागरण अभियानको क्रममा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरुले देशको आर्थिक तरलता, युवा विदेश पलायनसंगै रुपन्देहीमा बनेका सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, मोतिपुर औद्योगिक क्षेत्र र सेज सञ्चालनबारे विचार राखे । सरकारले आश्वासन मात्र दिएको उल्लेख गर्दै उनीहरुले रुपन्देहीको आर्थिक र पर्यटन विकासको लागि सदनमा आवाज उठाउन माओवादी केन्द्रलाई आग्रह गरे  । 

    images
    images
    images

    कार्यक्रममा बोल्दै नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय महासचिव खेमनारायण पराजुलीले नीतिगत सुधार नगरी अहिलेको आर्थिक समस्याबाट माथि उठ्न नसकिने बताए । भैरहवाको विमानस्थलमा राज्य र निजि क्षेत्रको गरी झन्डै दुई खर्ब लगानी भएको उल्लेख गर्दै उनले उक्त लगानीलाई खेर जान नदिन दलहरुले पहल गर्नुपर्ने विचार राखे ।   

    त्यसैगरी व्यापार संघ लुम्बिनी प्रदेशका अध्यक्ष टंक पोखरेलले जुन सरकार आएपनि उद्योगी व्यापारी र नागरिकको अवस्थामा परिवर्तन नआएको बताए । उनले भौतिक र आर्थिक विकासमा दलिय सहमति आवश्यक रहेको औंल्याए ।

    घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष गणेश अधिकारीले युवाको विदेश पलायन र उद्योगहरु बन्द हुँदै जाने स्थिति नरोकिए राज्य असफल हुने चिन्ता व्यक्त गरे । उनले नीति बनाउने र नीतिमा टेकेर काम गर्ने नभई हचुवाको भरमा आयोजना ल्याउने र अलपत्र पार्ने कार्यमा राज्यनै लागेको भन्दै यस्तो कार्य रोकिनुपर्ने माग गरे । 

    उद्योग वाणिज्य संघ बुटवलका पुर्व अध्यक्ष नवराज श्रेष्ठले मोतिपुर औद्योगिक क्षेत्र सञ्चालनमा अनावश्यक राजनीति भएको भन्दै चिन्ता व्यक्त गरे । 

    त्यसैगरी लुम्बिनी विश्वविद्यालयका प्राध्यापक तथा शिक्षकहरुले शिक्षाको क्षेत्रमा सरकारको नीति स्पष्ट नरहेको बताए । उनीहरुले लुम्बिनी बौद्ध विश्वविद्यालयले झन्डै आठ अर्वको योजना ल्याएको भएपनि विद्यार्थीनै नपाइने होकी भन्ने चिन्ताले पिरोलेको बताए । शिक्षकहरुले सरकारले शिक्षकका माग सम्बोधन गर्न आलटाल गरेको भन्दै पहल गरिदिन प्रचण्डसँग आग्रह गरे । 

    कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार नै विचौलियाले चलाएको हुनाले समस्या आएको बताए । उनले आफु सरकारमा हुँदा विमानस्थल चलाउनेदेखि लुम्बिनी बौद्ध विश्वविद्यालयको योजना निर्माण र अर्थतन्त्रको नीतिगत सुधारका लागि काम गर्दागर्दै सेटिङ्गमा सरकार ढालिएको बताए । आफु देशको विकास र समृद्धि कै अभियानमा रहेको उल्लेख गर्दै प्रचण्डले आफुलाई साथ दिन नागरिक समाज, बुद्धिजीवी तथा उद्योगी व्यवसायीलाई आग्रह गरे । 

    नेपाल उद्योग व्यापार संघ रुपन्देहीका अध्यक्ष गोविन्द गैरेको अध्यक्षता रहेको कार्यक्रमा माओवादी नेता वामदेव क्षेत्री, उद्योग व्यापार महासंघका बाबुराम पोखरेल लागयतले बोलेका थिए । व्यवसायीहरुले अध्यक्ष प्रचण्डलाई उद्योगी व्यावसायीका समस्याको टिपोट सहित ज्ञापन पत्र समेत बुझाएको उद्योग व्यापार संघ रुपन्देहीका सचिव नेत्र रुचालले जानकारी दिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # समृद्धिको बहस
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।