Logo

२०८३, कार्तिक २८गते


images
images

संसदीय समिति बैठक

संसदका तीन समिति बैठक बस्दै

संसदका तीन समिति बैठक बस्दै

images
  • संसदका तीन समिति बैठक बस्दै
    images

    काठमाडौँ । संघीय संसद अन्तर्गत तीन संसदीय समिति आज बैठकमा जुट्दै छन्। कानुन, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्न लागेको हो।

    images
    images
    images

    बिहान ११ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ। बैठकको कार्यसूचीमा समितिको मस्यौदा वार्षिक प्रतिवेदन २०८१–०८२ माथि छलफल गर्ने उल्लेख छ।

    images
    images
    images

    त्यसै समयमा बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भने संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तसम्बन्धी विधेयक, २०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुने भएको छ।

    images
    images

    दिउँसो १ बजेका लागि तय भएको विधायन व्यवस्थापन समितिको बैठकमा संविधानअनुसार बन्न बाँकी रहेका कानुनहरूप्रति केन्द्रित भई कानुन मन्त्रालयसँग छलफल हुने कार्यसूची तय गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।