Logo

२०८३, आश्विन ९गते


images
images

इजराय- प्यालेस्टाइन युद्ध

गाजामा इजरायली आक्रमण: एकैदिन ३९ प्यालेस्टिनीको ज्यान गयो

गाजामा इजरायली आक्रमण: एकैदिन ३९ प्यालेस्टिनीको ज्यान गयो

images
  • गाजामा इजरायली आक्रमण: एकैदिन ३९ प्यालेस्टिनीको ज्यान गयो
    images
    images

    गाजा ।  गाजा पट्टीमा इजरायली आक्रमणका कारण बिहीवार कम्तीमा ३९ प्यालेस्टिनीको ज्यान गएको छ भने दर्जनौं घाइते भएका छन्।

    images
    images
    images

    गाजामा आधारित नागरिक रक्षाका प्रवक्ता महमूद बसालका अनुसार आक्रमणले आश्रय पाल, शरणार्थी शिविरको रूपमा प्रयोग गरिएका विद्यालयहरू र आवासीय घरहरूलाई लक्षित गरेको थियो। ज्यान गुमाउनेमा महिला र बालबालिका पनि परेका छन्।

    images
    images
    images

    इजरायल रक्षा बलले जबालियामा रहेको हमासको कमाण्ड एण्ड कन्ट्रोल सेन्टरमा आक्रमण गरिएको र पछिल्ला ४८ घण्टामा गाजाभरि ११० भन्दा बढी स्थानलाई लक्षित गरिएको बताएको छ।

    images
    images
    images

    गाजाका स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा मात्रै ४० जनाको शव अस्पतालमा ल्याइएको जानकारी दिएका छन्। घाइतेको संख्या ७३ पुगेको छ।

    इजरायली सेनाले मार्च १८ देखि गाजामा पुनः सैन्य आक्रमण सुरु गरेपछि मारिनेको संख्या १ हजार ६९१ पुगेको छ। गत अक्टोबर २०२३ मा युद्ध सुरु भएयता मृत्यु हुने प्यालेस्टिनीको संख्या ५१ हजार ६५ पुगेको गाजाका स्वास्थ्य निकायले जनाएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।