Logo

२०८३, कार्तिक २८गते


images
images

सरकार फेरिन्न, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार फेरिन्न, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

images
  • सरकार फेरिन्न, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार फेरबदलको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । उनले देशमा स्थिरता कायम रहेकाले विकास र सुशासनको काममा ढुक्क भएर लाग्नुपर्ने बताएका छन् ।

    images
    images
    images

    चितवनको इच्छाकामना गाउँपालिकामा शुक्रबार प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले विकास निर्माणको कामलाई निरन्तरता दिन सबै पक्षलाई आह्वान गरे । उनका अनुसार सरकार स्थिर छ र स्थायित्वको मार्गमा छ, जसले समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यतर्फ अघि बढ्न सहज हुने दाबी गरे ।

    images
    images
    images

    ओलीले भने, “ढुक्कले विकास निर्माणको काममा जुट्नुस्, हल्लाको पछि लाग्नुपर्ने आवश्यकता छैन । हामीले नै देशलाई विकसित बनाउनुपर्छ, सुशासनयुक्त बनाउनु पर्छ । समृद्ध नेपाल, सुखी नेपाली भन्ने हाम्रो गन्तव्य हो, त्यो धेरै कुरालाई ओगट्ने ठुलो औषधि सानो क्याप्सुलमा राखे जस्तो हो ।”

    images
    images

    उनले नेपाली काँग्रेस र नेकपा एमालेलाई देशका पुराना, बलिदानी र योगदानदायी दलको रूपमा चिनाउँदै देशको स्थायित्वका लागि यी दुई दलको सहकार्य आवश्यक भएको उल्लेख गरे । ओलीको भनाइ छ, “अहिलेको सरकार स्थिर छ, यो भन्न धेरै केही आवश्यक छैन । कसले के भन्छ भन्ने कुरा छोडिदिनुहोस् । हामी विकास र सुशासनका लागि एक भएका हौं ।”

    ओलीको यो भनाइ सरकार फेरबदलको अड्कलबाजी भइरहेका बेला आएको हो ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।