एजेन्सी । इस्तानबुल विमानस्थलले बिहीवारदेखि एकैसाथ तीनवटा पूर्ण रूपमा स्वतन्त्र रनवे सञ्चालनमा ल्याएको छ। यो प्रणालीले एकैपटक उडान र अवतरण सम्भव बनाएको छ। नयाँ प्रणालीसँगै उड्डयन दक्षता उल्लेखनीय रूपमा बढ्ने अपेक्षा गरिएको छ।
तीनवटा स्वतन्त्र रनवे सञ्चालनमा ल्याउने इस्तानबुल युरोपको पहिलो विमानस्थल बनेको छ। विश्वस्तरमा भने यो व्यवस्था लागू गर्ने अमेरिकापछिको दोस्रो देश हो।
गत वर्ष इस्तानबुल विमानस्थलमा पाँच लाख सत्र हजार दुई सय चौरासी उडानहरू भएका थिए। ती उडानमार्फत आठ करोडभन्दा बढी यात्रुहरूले सेवा लिएका थिए। ११० वटा एयरलाइन्सलाई सेवा दिँदै आएको यो विमानस्थलले २०२४ मा २७ नयाँ अन्तर्राष्ट्रिय रुट थपेको छ। अब यहाँबाट कुल ३२१ गन्तव्यसम्म उडान गर्न सकिने भएको छ।
पूर्वाधार विस्तारसँगै इस्तानबुल विमानस्थलले आफूलाई अन्तर्राष्ट्रिय उड्डयनको केन्द्रका रूपमा अझ बलियो बनाउने संकेत दिएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology