Logo

२०८३, आश्विन ९गते


images
images

अन्तराष्ट्रीय

भारतको निर्यात ८२० अर्ब डलर नाघ्याे, व्यापार घाटा कायमै

भारतको निर्यात ८२० अर्ब डलर नाघ्याे, व्यापार घाटा कायमै

images
  • भारतको निर्यात ८२० अर्ब डलर नाघ्याे, व्यापार घाटा कायमै
    images
    images

    एजेन्सी । अप्रिल २०२४ बाट सुरू भएको आर्थिक वर्ष २०२४–२५ को सुरुआती अवधिमा भारतले वस्तु तथा सेवाको निर्यात ५.५ प्रतिशतले बढाएको छ। भारतीय सरकारी तथ्यांक अनुसार कुल निर्यात ८२०.९३ अर्ब अमेरिकी डलर पुगेको छ।

    images
    images
    images

    यही अवधिमा देशको कुल आयात ९१५.१९ अर्ब डलर रहेको छ, जसमा ६.८५ प्रतिशतको वृद्धि देखिएको छ।

    images
    images
    images

    व्यापारिक वस्तु मात्र हेर्दा निर्यात ४३७.४ अर्ब डलर पुगेको छ भने गैर–पेट्रोलियम वस्तुको निर्यात ६ प्रतिशतले बढेर ३७४.०८ अर्ब डलर पुगेको छ।

    images
    images
    images

    तर, आयात पक्ष अझै उच्च रहेको देखिन्छ। व्यापारिक वस्तुको आयात ७२०.२४ अर्ब डलर पुगेको छ। जसको सिधा असर व्यापार घाटामा परेको छ।

    भारतको यो अवधिको व्यापारिक वस्तु व्यापार घाटा २८२.८३ अर्ब डलर पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको २४१.१४ अर्ब डलरभन्दा उल्लेखनीय रूपमा बढी हो।

    घाटा बढ्नुको कारण पेट्रोलियम, सुन, र उच्च प्रविधिको आयात वृद्धि मानिएको छ। यद्यपि, सेवाको निर्यात स्थिर रूपमा बढिरहेको देखिन्छ, जसले समग्र अर्थतन्त्रमा केही सन्तुलन ल्याउने अपेक्षा गरिएको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।