एजेन्सी । भारतको राजधानी दिल्लीको मुस्तफावादमा शनिबार बिहान एक आवासीय भवन भत्किँदा ११ जनाले ज्यान गुमाएका छन्। उत्तरपूर्वी दिल्लीको यो क्षेत्रमा भएको दुर्घटनामा ११ जना घाइते भएका छन्।
भवनभित्र सुतिरहेका २२ जना मानिस एकैचोटि फसेको स्थानीयहरूले बताएका छन्।
दिल्ली महानगरपालिकाका अधिकारीहरूका अनुसार भत्किएको भवन करिब २० वर्ष पुरानो हो। उद्धारमा खटिएका टोलीले भग्नावशेषबाट घाइतेहरूको उद्धार गरे पनि केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
यस दुर्घटनाले राजधानी क्षेत्रमा भवनहरूको संरचनागत सुरक्षाप्रति उठ्ने प्रश्नहरू फेरि एकपटक सतहमा ल्याएको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology