Logo

२०८३, कार्तिक २८गते


images
images

दुर्घटना अपडेट

पाथीभरा दर्शनका लागि गएको गाडी दुर्घटना: ४ जनाको मृत्यु, २ घाइते

पाथीभरा दर्शनका लागि गएको गाडी दुर्घटना: ४ जनाको मृत्यु, २ घाइते

images
  • पाथीभरा दर्शनका लागि गएको गाडी दुर्घटना: ४ जनाको मृत्यु, २ घाइते
    images

    एलिना दियाली, ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित काफ्लेपाटी सडक खण्डमा पाथीभरा दर्शनका लागि जाँदै गरेको बलेरो गाडीमा करेन्ट लागेर आगलागी हुँदा ४ जनाको ज्यान गएको छ। फुङलिङ नगरपालिका १० गुन्द्रे र तेर्सेको छेउमा सडकमा बिजुलीको तार झरी उक्त गाडीमा आगो लागेको थियो।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी र प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार, घटनामा मृत्यु हुनेमा फुङलिङ नगरपालिका १० का ४२ वर्षीय सवारी चालक दुर्गा भट्टराई, ललितपुर जिल्लाकी १६ वर्षीया आध्या आचार्य, झापा जिल्लाकी ६९ वर्षीया सरिता पौडेल, र उनका श्रीमान् झापाकै ७० वर्षीय विनोद पौडेल रहेका छन्।

    images
    images
    images

    गाडीमा ६ जना सवार थिए, जसमा अन्य घाइते ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका छोरा अभियम आचार्य रहेका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ। घाइते सविनाको अवस्था गम्भीर रहेको र छोरा अभियमको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

    images
    images

    मृतक आध्या घाइते सविनाको छोरी र सरिता र विनोद पौडेल सविनाका बुबा आमा रहेको बताइएको छ।

    पाथीभरा दर्शनका लागि ताप्लेजुङ सदरमुकाम फुङलिङ आईपुगेका ती व्यक्तिहरू होटेल प्यारिजमा बसेर सोमबार (आज) बिहान ३:३० बजे पाथीभरा दर्शनका लागि जाँदै थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।