Logo

२०८३, कार्तिक २८गते


images
images

निजामती विधेयक

‘कुलिङ पिरियड’मा विभेद नहोस् : सांसद ह्रदयराम थानी

‘कुलिङ पिरियड’मा विभेद नहोस् : सांसद ह्रदयराम थानी

images
  • ‘कुलिङ पिरियड’मा विभेद नहोस् : सांसद ह्रदयराम थानी
    images

    काठमाडौं । नेपाली काँग्रेसका सांसद ह्रदयराम थानीले संघीय निजामती विधेयकमा समावेश ‘कुलिङ पिरियड’को प्रावधानमा विभेद नहुने गरी सुधार गर्नुपर्ने बताएका छन्।

    images
    images
    images

    प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा बोल्दै थानीले कुटनीति र न्याय सेवामा छुट दिई अन्य सेवामा मात्र कुलिङ पिरियड राख्ने प्रस्ताव उचित नहुने टिप्पणी गरे। सबै सेवाका कर्मचारीलाई समान व्यवहार गर्नुपर्ने धारणा राख्दै उनले कम्तिमा दुई वर्षको कुलिङ पिरियड राखिनुपर्ने बताएका छन्।

    images
    images
    images

    उनका अनुसार विधेयकलाई अन्तिमरूप दिन गठित उपसमितिमा पाँच सदस्यले एक वर्षको कुलिङ पिरियड प्रस्ताव गर्दै नोट अफ डिसेन्ट लेखेका छन्। तर, थानी भने दुई वर्षकै पक्षमा उभिएका छन्। उनले भने, "कुलिङ पिरियडको विषयमा न्यायाधीश र कुटनीतिकहरुको बारेमा के राखिएको स्पष्ट हुनुपर्छ। जे नेपाली नागरिकले पाइरहेका छन्, त्यो सबैले पाउनुपर्छ भन्ने मेरो मान्यता हो।"

    images
    images

    सांसद थानीले निजामति सेवाका कर्मचारीले आचारसंहिता पालना नगरेको गुनासो बढिरहेको भन्दै त्यसलाई बाध्यकारी बनाउनुपर्ने बताए। उनले कारबाहीको व्यवस्था आवश्यक भएको सुझाव सभापतिसमक्ष राखे।

    कर्मचारीका माग समयमै सम्बोधन गर्न नसकिए शिक्षकहरू जस्तै आन्दोलनमा उत्रिने अवस्था आउन सक्ने भन्दै उनले कर्मचारीमैत्री कानुन बनाउन जरुरी रहेको धारणा पनि बैठकमा राखे। साथै, संघीय निजामति विधेयकलाई सर्वसम्मतिले पारित गरेर अघि बढाउनुपर्ने सुझाव समेत उनले दिएका छन्।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।