Logo

२०८३, कार्तिक २८गते


images
images

संघीय निजामती सेवा सम्बन्धी विधेयक

कर्मचारी बोल्न डराए, बैठकमा पत्रकारलाई निषेध गरौं : सांसद पन्त

कर्मचारी बोल्न डराए, बैठकमा पत्रकारलाई निषेध गरौं : सांसद पन्त

अवकाश प्राप्त कर्मचारीलाई भ्रष्टाचारमा दोषी ठहर भएपनि पेन्सन दिन सकिने विषय बाहिरिएकोप्रति आक्रोश
images
  • कर्मचारी बोल्न डराए, बैठकमा पत्रकारलाई निषेध गरौं : सांसद पन्त
    images

    काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले संसदीय समितिको बैठकमा पत्रकारलाई निषेध गर्नुपर्ने बताएका छन्। सिंहदरबारमा संघीय निजामती सेवा सम्बन्धी विधेयकमाथि गठित उपसमितिको प्रतिवेदनमाथि छलफल हुँदा पन्तले समितिमा सरकारी कर्मचारीहरू बोल्न डराउने कारण पत्रकार रहेको जिकिर गरे। 

    images
    images
    images

    उनका अनुसार पत्रकारहरूले तथ्य नबुझी लेख्दा भ्रम फैलिन्छ र त्यसले समितिमा कर्मचारी सहभागी हुन डराउने अवस्था बनाएको छ।

    images
    images
    images

    “यहाँ मिसइन्फरमेसन हुन थाल्यो,” पन्तले भने, “को मुख्यसचिव आउँछ बोल्न ? बाहिर अपव्याख्या भएपछि कुन मुखले बोल्छ ? हामीले उत्तरदायी हुनुपर्दैन ?”

    images
    images

    उनले आफूले अमेरिका, क्यानडा, अस्ट्रेलियाजस्ता मुलुकको अभ्यास अध्ययन गरेको दाबी गर्दै भने– “भारत र बङ्गलादेशमा पनि समितिमा प्रेस नो इन्ट्री हुन्छ। फाइनल रिपोर्ट मात्रै दिनुपर्छ पत्रकारलाई।”

    सांसद पन्तले पत्रकारलाई प्रतिबन्ध लगाउनु भनेको भ्रष्टाचार छोप्ने मनसाय होइन भन्ने प्रस्ट्याए। फौजदारी प्रकृतिका मुद्दामा कदम चाल्दा सावधानी अपनाउनुपर्ने तर्क पनि राखे।

    उता समितिले पारित नगरेको भ्रष्टाचारसम्बन्धी एउटा प्रस्तावबारे समाचार सार्वजनिक भएकोमा पनि उनले असन्तुष्टि जनाए। अवकाश प्राप्त कर्मचारीलाई भ्रष्टाचारमा दोषी ठहर भएपनि पेन्सन दिन सकिने विषय बाहिरिएकोप्रति उनी आक्रोशित थिए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।