Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षक आन्दोलन

शिक्षक आन्दोलन : शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

शिक्षक आन्दोलन : शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

images
  • शिक्षक आन्दोलन : शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा
    images
    images

    काठमाडौं । शिक्षक आन्दोलन चर्किरहेका बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोमबार भेटेर उनले राजीनामा बुझाएकी हुन्। बालुवाटार स्रोतले दिएको जानकारीअनुसार भट्टराईको राजीनामा आज बस्न लागेको मन्त्रिपरिषद् बैठकबाट स्वीकृत हुने सम्भावना छ।

    images
    images
    images

    पछिल्ला दिनमा शिक्षक महासंघसँग पटकपटक वार्ता भए पनि समाधानको ठोस खाका बन्न नसकेपछि मन्त्री भट्टराई नेतृत्वको मन्त्रालय चर्को आलोचना र दबाबमा परेको थियो। राजीनामाको पृष्ठभूमिमा शिक्षामन्त्रीको कार्यशैली र आन्दोलनप्रति देखिएको सरकारको अस्पष्ट भूमिका पनि एक कारणका रूपमा देखिएको छ।

    images
    images
    images

    शिक्षकहरूले प्रस्तावित शिक्षक सेवा ऐनको मस्यौदामा शिक्षकको हितविपरीतका प्रावधान रहेको भन्दै आन्दोलन चर्काएका छन्। आन्दोलनको प्रभाव देशभरका शैक्षिक संस्थाहरूमा देखिएको छ। मन्त्री भट्टराईले केही समयअघि वार्तामार्फत समाधान खोज्ने प्रयास गरेकी थिइन्, तर दुवै पक्षबीच सहमति जुट्न नसक्दा उनी घेराबन्दीमा परेकी थिइन्।

    images
    images
    images

    सरकारले आन्दोलनरत शिक्षकलाई वार्ताका लागि बोलाउँदै आएको भए पनि ती प्रयासहरू निष्कर्षमा पुग्न सकेका छैनन्। यस्तो अवस्थामा मन्त्रीको राजीनामा आएपछि सरकारको धारणा र भावी कदम के हुने हो भन्ने प्रश्न अझ प्रस्टिएको छैन।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।