Logo

२०८३, कार्तिक २८गते


images
images

योजनाविहीन शहरीकरणले समस्यामा पार्‍यो : परराष्ट्रमन्त्री राणा

योजनाविहीन शहरीकरणले समस्यामा पार्‍यो : परराष्ट्रमन्त्री राणा

images
  • योजनाविहीन शहरीकरणले समस्यामा पार्‍यो : परराष्ट्रमन्त्री राणा
    images

    काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शहरीकरण विकास र अवसरको इन्जिन भए पनि योजनाविहीन र अव्यवस्थित शहरी विस्तारले एशिया तथा प्रशान्त क्षेत्रलाई गम्भीर संकटमा पारेको बताएकी छन्। उनले वातावरणमैत्री, समावेशी र दिगो शहरी योजनाका लागि अहिले नै ठोस नीति र लगानी आवश्यक रहेको औंल्याएकी छन्।

    images
    images
    images

    संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१ औँ सत्रलाई सोमबार बैंककमा सम्बोधन गर्दै मन्त्री राणाले भोलिको पुस्ताको भविष्य सुरक्षित गर्न अहिलेका शहरहरू परिवर्तन गर्नुपर्ने धारणा राखेकी हुन्।

    images
    images
    images

    शहरीकरणका कारण वातावरणीय दबाब, पूर्वाधार अभाव, सामाजिक असमानता, वित्तीय जोखिम र डिजिटल विभाजनजस्ता चुनौतीहरू देखिएको उल्लेख गर्दै उनले यस समस्यालाई दिगो समाधान गर्न 'हरित र समावेशी' विकास मोडलमा जोड दिइन्। उनले भनिन्, “शहरहरू केवल भवन र बाटाहरूको जमघट होइनन्, ती नवप्रवर्तन र सम्भावनाका केन्द्र हुन्, तर त्यसका लागि रणनीतिक लगानी र नीति चाहिन्छ।”

    images
    images

    उनको भनाइअनुसार, नेपालको तर्फबाट पनि वातावरण र शहरी व्यवस्थापनलाई मध्यनजर राखी नीति निर्माण र कार्यान्वयन अगाडि बढाइँदैछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।