Logo

२०८३, कार्तिक २८गते


images
images

लेनिन दिवस तथा नेकपा स्थापना दिवस

प्रतिगमनकारीहरू दिवास्वप्न देखिरहेका छन् : प्रचण्ड

प्रतिगमनकारीहरू दिवास्वप्न देखिरहेका छन् : प्रचण्ड

images
  • प्रतिगमनकारीहरू दिवास्वप्न देखिरहेका छन् : प्रचण्ड
    images

    काठमाडौं । विश्व 'सर्वहारा वर्ग'का नेता भीआई लेनिनको जन्मजयन्ती र नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली समाजलाई फेरि सामन्ती निरंकुशतातर्फ फर्काउने प्रयास भइरहेको चेतावनी दिएका छन्। तर, यस्तो प्रयास ‘दिवास्वप्न’मा सीमित रहने उनको दाबी छ।

    images
    images
    images

    शुभकामना सन्देशमार्फत प्रचण्डले यतिखेर केही प्रतिगमनकारी र पुनरुत्थानवादी शक्तिहरूले जनताले प्राप्त गरेका उपलब्धि खोसेर समाजलाई पछाडि फर्काउने दुस्साहस गरिरहेको टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘संघर्षको जगमा प्राप्त उपलब्धिहरू नेपाली जनताले युगौँदेखि साँच्दै आएका सपना हुन्। त्यसको रक्षा र थप विकासबाट मात्रै हामी समाजवादतर्फको यात्रामा अघि बढ्न सक्छौं।’

    images
    images
    images

    प्रचण्डको नजरमा वर्तमान विश्व फेरि पूँजीवादको जन्जालमा फसिरहेको छ — जहाँ असमानता, युद्ध, बेरोजगारी, सांस्कृतिक क्षय र वातावरणीय संकट गहिरिँदै गएको छ। यस्तो अवस्थामा लेनिनको विचार र उनले देखाएको बाटो अझ सान्दर्भिक भएको उनको तर्क छ।

    images
    images

    उनले भनेका छन्, ‘मानव जातिले भोगिरहेको संकटलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीले मात्र हल गर्न सक्छ भन्ने कुरा फेरि पुष्टि भइरहेको छ।’

    वि.सं. २००६ साल वैशाख ९ गते स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीबाट सुरु भएको आन्दोलनले समयक्रममा समाजका तल्ला तहमा रहेका जाति, वर्ग र समुदायका मुद्दालाई राजनीतिक विमर्शको केन्द्रमा ल्याएको भन्दै प्रचण्डले त्यो आन्दोलनकै निरन्तरतामा आजको गणतान्त्रिक व्यवस्थाको स्थापनाभएको ठहर गरेका छन्।

    उनले प्राप्त उपलब्धिहरूको रक्षा गर्दै समाजवादको यात्रामा एकजुट भई अघि बढ्न सबै परिवर्तन पक्षधरहरूलाई अपिलसमेत गरेका छन्।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।