Logo

२०८३, आश्विन ९गते


images
images

ह्वाइट हाउसअगाडि ट्रम्पको विरोध : 'अर्बपतिहरूसँग होइन, कामदारहरूसँग शक्ति हुन्छ'

ह्वाइट हाउसअगाडि ट्रम्पको विरोध : 'अर्बपतिहरूसँग होइन, कामदारहरूसँग शक्ति हुन्छ'

images
  • ह्वाइट हाउसअगाडि ट्रम्पको विरोध : 'अर्बपतिहरूसँग होइन, कामदारहरूसँग शक्ति हुन्छ'
    images
    images

    एजेन्सी । अमेरिकी राजधानी वाशिंगटन डी.सी.को ह्वाइट हाउसअगाडि केही दिनयता निकै फरक दृश्य देखिएको छ। "अवैध निर्वासन बन्द गर", "अर्बपतिहरूसँग होइन, कामदारहरूसँग शक्ति हुन्छ", "संवैधानिक संकट यहाँ छ" जस्ता प्लेकार्डले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभरि विरोध चर्किएको छ।

    images
    images
    images

    ट्रम्प प्रशासनले आप्रवासीहरूलाई जबर्जस्ती निर्वासन गर्ने, सरकारी सेवाबाट हटाउने, शुल्कलगायतका बोझ थप्ने जस्ता कदम चालेपछि आम नागरिक सडकमा उत्रिएका छन्। प्रदर्शनकारीहरूको भनाइमा ट्रम्प प्रशासनको नीति केवल गैरनागरिकमाथि होइन, संविधानले सुनिश्चित गरेका सबैको मौलिक हकमाथि नै आक्रमण हो।

    images
    images
    images

    ट्रम्पले पदभार सम्हालेको तीन महिना नबित्दै अमेरिकाभरि उनको शासनशैली र नीतिको व्यापक विरोध भइरहेको छ। अप्रिल ५ को दिन मात्रै देशभर ५० वटै राज्यमा गरी १ हजारभन्दा बढी विरोध प्रदर्शनहरू भएका थिए।

    images
    images
    images

    वाशिंगटन डी.सी., न्युयोर्क, सान फ्रान्सिस्को, बोस्टनजस्ता प्रमुख सहरहरूमा ट्रम्पको आप्रवासन नीति, संघीय कर्मचारी कटौती र सामाजिक सुरक्षा योजनामाथिको हस्तक्षेपका विरुद्ध आक्रोश पोखिएको छ। विरोध नियमितजस्तै बनिरहेको छ, र 'संवैधानिक संकट'को नारा यति बेला अमेरिकी सडकमा सामान्यजस्तै सुनिन थालेको छ।

    प्रदर्शनकारीहरू भन्छन्, “शक्ति केही धनी अर्बपतिहरूको हातमा सीमित हुनु हुँदैन। कामदार र साधारण जनताको पक्षमा शासन हुनुपर्छ।”

    ट्रम्प प्रशासनका अधिकारीहरू भने यी आन्दोलनहरूलाई “राजनीतिक षड्यन्त्र”को संज्ञा दिँदै आएका छन्। तर प्रदर्शनकारीहरूको बढ्दो संख्याले अब मुद्दा केवल आप्रवासन वा करको मात्र नभई—शासनको स्वरूपबारे नै गहिरो प्रश्न उठाएको देखिन्छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।