Logo

२०८३, कार्तिक २८गते


images
images

शिक्षक आन्दोलन

प्रधानमन्त्री ओलीले शिक्षकका माग कुल्चिए : पूर्वप्रधानमन्त्री खनाल

प्रधानमन्त्री ओलीले शिक्षकका माग कुल्चिए : पूर्वप्रधानमन्त्री खनाल

images
  • प्रधानमन्त्री ओलीले शिक्षकका माग कुल्चिए : पूर्वप्रधानमन्त्री खनाल
    images

    काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कडा आरोप लगाएका छन् । उनले ओली सरकार शिक्षकहरूको मागलाई कुल्चिएर हिँडिरहेको र शिक्षामन्त्रीको राजीनामा घटनाले सरकारको चरित्र झनै उदांगिएको बताए ।

    images
    images
    images

    मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै खनालले प्रधानमन्त्री ओली कम्युनिस्ट पार्टीको नेता भएर पनि शिक्षकहरूप्रति बेवास्ता गरिरहेको आरोप लगाए। “झन्डै अढाइ लाख शिक्षक आन्दोलनमा छन्, तर प्रधानमन्त्रीको हिँडाइ मानौँ तिनको माग माथि पाइला टेकेजस्तै छ,” खनालले भने ।

    images
    images
    images

    उनका अनुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई शिक्षकका मागप्रति सकारात्मक थिइन् तर प्रधानमन्त्रीले सुनुवाइ नगरेपछि अन्ततः उनी राजीनामा दिन बाध्य भइन्। उनले कटाक्ष गरे, “हामीले शिक्षामा प्रगतिशील परिवर्तन गर्छौँ भनेका थियौँ, त्यो वाचा कहाँ हरायो?”

    images
    images

    खनालले जनतामा व्यापक असन्तुष्टि बढिरहेको उल्लेख गर्दै चेतावनी दिए, “जनता रिसाइरहेका छन्। र, रिसाएको जनताले के गर्छन् भन्ने कल्पना गर्न सकिँदैन।”

    ओली, माओवादी र एकीकृत समाजवादीप्रति कडा आलोचना

    पूर्वप्रधानमन्त्री खनालले एमाले अध्यक्ष ओलीप्रति मात्र होइन, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीप्रति पनि गम्भीर आलोचना गरे। माओवादीमाथि काँग्रेसको पिठ्युँमा चढेर घमण्ड देखाएको आरोप लगाउँदै भने, “अहिले क्रान्तिकारी जस्तो देखिने प्रयास गरिए पनि भर्खरसम्म त काँग्रेसकै काँध चढेर बोलिरहेका थिए।”

    ओलीमाथि पनि खनालको टिप्पणी चर्को रह्यो। “एमालेले फेरि बहुमत ल्याउँछौँ भनेर घमण्ड गरिरहेको छ, तर त्यो घमण्ड पनि काँग्रेसको पिठ्युँ चढेर आएको हो,” उनले भने। दलाल पुँजीपतिका पक्षमा उभिने पार्टीलाई सुध्रिएको क्रान्तिकारी पार्टी भन्न नमिल्ने खनालको ठम्याइ थियो।

    नेकपा (एकीकृत समाजवादी) मन्त्रीको लोभमा सरकारमा गएकामा पनि उनी असन्तुष्ट देखिए। “एक दुई मन्त्रालय पाएपछि हामी पनि गयौँ। तर त्यसबाट पार्टीले के पायो? समीक्षा गर्न जरुरी छ,” खनालले पार्टीभित्रको आत्ममूल्यांकनको खाँचो औँल्याए।

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।