काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले काम गर्न नसके प्रधानमन्त्रीलाई कान समाएर सय पटक उठबस गराउनुपर्ने बताएका छन् । उनले गफ र छलफलले मात्र विकास नहुने उल्लेख गर्दै कार्यक्षमताका आधारमा नेतृत्व लिनुपर्ने बताए ।
मंगलवार राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै गौतमले प्रधानमन्त्रीको नेतृत्वमा सरकारको कार्यक्षमता कमजोर भएको आरोप लगाए। "छलफल मात्रै गरेर मुलुकको समस्याको समाधान गर्न सकिँदैन," भन्दै उनले भने, "यदि सरकारले काम गर्न सकेन भने, प्रधानमन्त्रीलाई कान समाएर सय पटक उठबस गराउनुपर्ने हो।"
गौतमले यसरी प्रधानमन्त्रीलाई चर्को आलोचना गर्दै मुलुकको विकासको लागि ठोस योजनाको आवश्यकता व्यक्त गरे। उनले भने, "अब छलफल गरेर मात्र समाधान सम्भव छैन, मुलुकलाई योजनावद्ध विकासको आवश्यकता छ र यो योजना बनाउनको लागि सम्पूर्ण जमिन राष्ट्रियकरण गर्नुपर्ने छ।"
सम्पूर्ण जमिनको राष्ट्रियकरणको प्रस्ताव
गौतमले देशको सम्पूर्ण भूमि राष्ट्रियकरण गरेर मात्रै योजनाबद्ध विकास सम्भव रहेको तर्क गरे। "देशको सम्पूर्ण भूमि राज्यको स्वामित्वमा नआउँदासम्म, आधारभूत आवश्यकता समाधान गर्न र प्रगतिशील विकास गर्न असम्भव छ।" उनले थपे, "अब प्रधानमन्त्री बन्ने नेताहरुलाई वाचा गराउनुपर्छ कि यदि उनीहरूले काम गर्न सकेनन् भने, जनता यी नेताहरुलाई कान समाएर उठबस गराउनेछन्।"
गौतमले निजी स्वामित्वमा जमिन राख्ने प्रथा सदाका लागि समाप्त गर्नुपर्ने आवश्यकता व्यक्त गरे। "देशको सम्पत्ति राज्यको स्वामित्वमा ल्याउनु पर्छ," उनले भने। उनका अनुसार, निजी जमिनको स्वामित्व व्यवस्थाले विकासलाई अवरुद्ध गर्ने काम गर्दै आएको छ, र यसले सामाजिक समानता र योजना निर्माणमा ठूलो अवरोध पुर्याइरहेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology