Logo

२०८३, कार्तिक २८गते


images
images

देश अहिले ट्रयाकमा छ, शिक्षा–स्वास्थ्यमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

देश अहिले ट्रयाकमा छ, शिक्षा–स्वास्थ्यमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव

images
  • देश अहिले ट्रयाकमा छ, शिक्षा–स्वास्थ्यमा सुधार जरुरी : पूर्वराष्ट्रपति यादव
    images

    जनकपूर । पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश हाल ट्रयाकमा रहेको बताएका छन्। मंगलबार जनकपुरमा आयोजित 'नेपालको समृद्धिमा भारतको भूमिका' विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले लोकतन्त्र, गणतन्त्र र समावेशी संघीयतालाई जोगाउँदै अघि बढ्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    डा. यादवले २००७, २०४६ र ०६२–०६३ का जनआन्दोलनको बलिदान सम्झँदै ती उपलब्धिलाई जोगाउन सबै सचेत हुनुपर्ने बताए। उनका अनुसार गणतन्त्र स्थापना भएको १७ वर्षमा २५ हजार २ सय २८ विद्यार्थी लोकसेवा परीक्षामा सफल भएका छन्, जसमा मधेसी, जनजाति, दलित, महिला, मुस्लिम र पिछडिएका वर्गका प्रतिनिधित्व देखिन्छ।

    images
    images
    images

    देशको पूर्वाधारमा सुधार भएको भन्दै यादवले भने, “सडक पिच भएको छ, बिजुली देशको ९५ प्रतिशत नागरिकको पहुँचमा पुगेको छ, सञ्चार क्षेत्र पनि अघि बढेको छ।” यद्यपि, शिक्षा र स्वास्थ्यमा भने अझै चुनौती रहेको उनको भनाइ छ। सामुदायिक विद्यालय र सामुदायिक अस्पतालको स्तरोन्नति गर्नुपर्ने उनले औंल्याए।

    images
    images

    पूर्वराष्ट्रपति यादवले विश्वमै कट्टरपन्थी शक्तिहरू सक्रिय बन्दै गइरहेको जनाउँदै नेपालमा प्राप्त लोकतान्त्रिक उपलब्धि जोगाउनु अहिलेको मुख्य आवश्यकता भएको बताए। साथै, कृषिको आधारभूमि चुरे क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्दै उनले चुरे र तराईका जंगल मास्न नहुने बताए।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।