Logo

२०८३, कार्तिक २८गते


images
images

प्रमुख प्रतिपक्षी दलको ठहर

राज्यका कुनै पनि अंग चल्न सकेनन्, सरकार पूर्ण रूपमा फेल भइसक्यो : माओवादी केन्द्र

राज्यका कुनै पनि अंग चल्न सकेनन्, सरकार पूर्ण रूपमा फेल भइसक्यो : माओवादी केन्द्र

images
  • राज्यका कुनै पनि अंग चल्न सकेनन्, सरकार पूर्ण रूपमा फेल भइसक्यो : माओवादी केन्द्र
    images

    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले सरकारलाई पूर्ण रूपमा असफल ठहर गर्दै आम जनआक्रोश बढ्दै गएको दाबी गरेको छ। पार्टी कार्यालय पेरिसडाँडामा बुधबार आयोजित पत्रकार सम्मेलनमा माओवादी केन्द्रका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले सरकार जनअपेक्षा पूरा गर्न पूर्णतः असक्षम भएको बताएका छन्।

    images
    images
    images

    सापकोटाको भनाइमा, राज्यका कुनै पनि अंग सुचारु रूपमा चल्न सकेका छैनन्। शिक्षकदेखि चिकित्सक, नर्स, लघुवित्त पीडित, सहकारी पीडित र कर्मचारी आन्दोलनरत छन् भने सरकार समस्याको समाधान गर्नुभन्दा उल्टो दिशा लिइरहेको छ। “सरकारको कुशासन र नालायकीले प्रतिगामी तत्वहरू सलबलिएका छन्। जनतामा आक्रोश छ, अवस्था भयावह छ,” सापकोटाको भनाइ थियो।

    images
    images
    images

    माओवादी केन्द्रले विद्यालय शिक्षा विधेयकलाई फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकहरूको माग सम्बोधन गर्न सरकारसँग माग गरेको छ। सापकोटाले प्रधानमन्त्रीकै अभिव्यक्तिले शिक्षकप्रति अपमानजनक व्यवहार देखिएको भन्दै आपत्ति जनाए।

    images
    images

    सापकोटाले पत्रकार सम्मेलनमा ‘हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान’बारे पनि जानकारी दिएका थिए। उनका अनुसार, झापाको कचनकवलबाट सुरु भएको अभियान कपिलवस्तुसम्म आइपुगेको छ र समापन कञ्चनपुरमा हुनेछ। “अभियानका क्रममा करिब एक करोड जनतासँग प्रत्यक्ष संवाद भएको छ,” सापकोटाले दाबी गरे।

    त्यस्तै, माओवादी केन्द्रले भारतको जम्मु–कश्मीरमा भएको आतङ्कवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित केही पर्यटकको निधनप्रति भर्त्सना गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।