Logo

२०८३, कार्तिक २८गते


images
images

बुटवलमा मिडिया मन्थनको तयारी, चार प्यानलमा छलफल हुने

बुटवलमा मिडिया मन्थनको तयारी, चार प्यानलमा छलफल हुने

images
  • बुटवलमा मिडिया मन्थनको तयारी, चार प्यानलमा छलफल हुने
    images

    बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा बुटवलमा मिडिया मन्थन कार्यक्रम हुने भएको छ । बैशाख ११ गते सञ्चार क्षेत्रका विभिन्न विषयमा चारवटा सेसनमा प्यानल छलफल गर्ने महासंघले जनाएको छ ।

    images
    images
    images

    बुधवार बुटवलमा पत्रकार सम्मेलन गर्दै महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले संचार जगतमा रहेका समस्याहरुको पहिचान गर्ने र ति समस्यालाई हल गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको बताए। 

    images
    images
    images

    मिडिया मन्थनमा पत्रकार पेशागत सुरक्षा विषयक प्यानलमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रक्रृषि चौलागाई, महासंघ रुपन्देही शाखा अध्यक्ष दिनेश पाण्डे, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुङ्गाना प्यानलिस्टको रुपमा रहने छन् । उक्त कार्यक्रमको सहजकर्ताको रुपमा पत्रकार भवानी पाण्डेले गर्नेछन् ।

    images
    images

    यसैगरी कसका समाचार कस्ता समाचार विषयक प्यानल छलफलमा थाहाखबरका सम्पादक तीर्थ कोइराला, बाह्रखरी अनलाईनका विशेष सम्पादक हरिबहादुर थापा, लुम्बिनी दैनिकका सम्पादक शेर बहादुर के.सी, लुम्बिनी टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डे रहेका छन् भने सहजर्ताको रुपमा सिपी खनाल रहेका छन् । यसैगरी मिडिया व्यवस्थापन सफल कि असफल विषयक प्यानल छलफलमा सेतोपाटीका व्यवस्थापक प्रकाश ढुंगाना, प्रकाशन तथा प्रशारण समाजका अध्यक्ष नवराज कुवर, अनलाईन एशोसियनका अध्यक्ष गौतम भुसाल र रेडियो मुक्तिको व्यवस्थापक कल्पना तिवारी रहेका छन् । उक्त प्यानल छलफलको सहजकर्ता नरेश के.सी रहेका छन् ।

    यसैगरी मिडिया मन्थनको आमसञ्चार र सामाजिक सञ्जाल सम्भावना र चुनौति विषयक प्यानल छलफलमा मिडिया अनुसन्धानकर्ता उज्जवल आचार्य, लुम्बिनी प्रदेश प्रविधी प्रतिष्ठानका प्रमुख अनुप बास्कोटा, विविसीका सम्वाददाता माधब नेपाल, देवदह प्रेस क्लबका अध्यक्ष विष्णु पोखरेल रहेका छन् । उक्त कार्यक्रमको सहजकर्ता विनोद परियार रहेका छन् । 

    नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको आयोजनामा पहिलोपटक आयोजना हुन गईरहेको मिडिया मन्थन कार्यक्रमको तयारी पुरा भएको र उक्त कार्यक्रममा सन्चारकर्मिको साथै आम नागरिक पनि सहभागि हुन महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले पत्रकार सम्मेलनमा बताए ।

    पत्रकार महासंघ रुपन्देहीले ३ दिनदेखि तीनतहका सरकारका अधिकार र तीनको कार्यन्वयको अवस्था सम्बन्धमा लेखनवृत्ति तालिम पनि गरिरहेको छ । तालिममा पुर्व मुख्यसचिव सोमलाल सुवेदी, अग्रज पत्रकार शेरबहादुर के.सीले विभिन्न विषयमा तालिम दिएका थिए ।

    यसैगरी सिद्धार्थनगरका प्रमुख प्रशासकिय अधिकृत जनक थापा, देवदह नगरका प्रमुख प्रशासकिय अधिकृत कृष्ण सापकोटा, गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत श्री गौतम, बुटवल उपमहानगरको राजस्व शाखा प्रमुख रोशन कुमार रेग्मीले समेत स्थानिय सरकारका अभ्यासको बारेमा प्रकाश पारेका थिए ।

    यसैगरी बुटवल उपमहानगर पालिका प्रमुख खेलराज पाण्डेय र उपप्रमुख सावित्री अर्यालले स्थानिय सरकार सन्चालन र मिडीयाको भूमिका विषयमा प्रकाश पारेका थिए ।

    तालिमको अवसरमा मंगलबार वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले संघियता र कानून कार्यन्वयन अवस्थाको बारेमा तालिम दिने महासंघका सचिव सिपी खनालले बताए ।

    मिडिया मन्थन .jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # मिडिया मन्थन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।