Logo

२०८३, कार्तिक २८गते


images
images

वैशाख ११ को ‘युवा उत्सव’मा एमालेले एक लाख युवा उतार्ने

वैशाख ११ को ‘युवा उत्सव’मा एमालेले एक लाख युवा उतार्ने

images
  • वैशाख ११ को ‘युवा उत्सव’मा एमालेले एक लाख युवा उतार्ने
    images

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेले लोकतन्त्र प्राप्तिको दिन वैशाख ११ गते नेकपा एमालेले आयोजना गर्न लागेको युवा उत्सवमा एक लाख युवा सहभागी हुने दाबी गरेका छन्।

    images
    images
    images

    कार्यक्रमबारे जानकारी दिन युवा संघले बुधवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थेवेले इतिहासको धरातलमा उभिएर युवाले लोकतन्त्रको उत्सव मनाउन लागेको बताए। नेपालमा ४२ प्रतिशतभन्दा बढी युवा जनसंख्या रहेको उल्लेख गर्दै उनले घाँस दाउरा गरेर आएको पुस्ताले एआईको जमानामा पनि आफूलाई अपडेट गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

    images
    images
    images

    उनले भने, “आज हामी जुन धरातलमा उभिएका छौं, त्यो अवस्था बनाइदिने अग्रजहरुलाई सम्झिने दिन हो। नेपाली जनताले लोकतन्त्र प्राप्तिका लागि गरेको विजयलाई सम्झिने र लोकतन्त्रलाई सेलिब्रेसन गर्ने दिन हो यो। हामी अन्डर फोर्टीका युवाहरु लोकतन्त्रको महाउत्सवका रुपमा सहभागी हुन गइरहेका छौं।”

    images
    images

    अध्यक्ष थेवेले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्रमात्रै हुनसक्ने जिकिर गर्दै एक करोड युवाको आवाज लोकतन्त्र हो भने। उनले लोकतन्त्र दिवसको दिन राष्ट्रप्रेमीहरुको सहभागिता रहने युवा उत्सव अन्तिम तयारीको चरणमा पुगेको बताए।

    उनका अनुसार देश निर्माणप्रति समर्पण, युवा उद्यमशीलताको सङ्कल्प र मनोरञ्जनसहितको कार्यक्रममार्फत लोकतन्त्र दिवसलाई भव्य बनाउने लक्ष्य लिइएको छ। कार्यक्रममा कलाकारहरूले सांस्कृतिक प्रस्तुति दिने जानकारी दिइएको छ।

    पत्रकार सम्मेलनमा काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको पनि उपस्थिति थियो। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।