काठमाडौं । नेपालमा स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। मौसम मुख्यतः सफा रहेको भए पनि कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली छ। देशभर अधिकतम र न्यूनतम तापक्रम क्रमशः उकालो लागिरहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार तापक्रम अझै बढ्ने संकेत देखिएको छ। विशेषतः मध्य र पश्चिमी तराईका भू-भागहरूमा अत्यधिक गर्मीको सम्भावना उच्च रहेकोले सतर्कता आवश्यक छ। गर्मीका कारण जनजीवन, स्वास्थ्य र कृषि लगायतका क्षेत्रमा प्रभाव पर्नसक्ने भन्दै सावधानी अपनाउन महाशाखाको आग्रह छ।
कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा एक-दुई स्थानमा मेघगर्जन र चट्याङको सम्भावना समेत रहेकाले त्यसबाट हुन सक्ने असरलाई ध्यानमा राख्दै सुरक्षात्मक उपाय अपनाउनुपर्ने महाशाखाको भनाइ छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology