Logo

२०८३, आश्विन १०गते


images
images

शिक्षा

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् : मुख्यमन्त्री आचार्य

सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् : मुख्यमन्त्री आचार्य

images
  • सामुदायिक विद्यालयको नतिजामा सन्तोष गर्ने ठाउँ छैन, भूमिका बढाउनुस् : मुख्यमन्त्री आचार्य
    images
    images

    पाल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिपक्षीय सहकार्यले मात्र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बढाउन सकिने धारणा राखेका छन्। शिक्षक, अभिभावक र विद्यार्थीबीचको घनिष्ट समन्वयले मात्र सुधार सम्भव हुने भन्दै उनले सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।

    images
    images
    images

    शुक्रबार पाल्पास्थित रामतुलसी नमुना माध्यमिक विद्यालयमा आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री आचार्यले सामुदायिक विद्यालयको कमजोर नतिजाले चिन्ता थपेको बताए। “सामुदायिक विद्यालयको नतिजा खुम्चिएको छ, यसले चिन्ता थपेको छ,” उनले भने, “नतिजा सुधार्न गुणस्तरीय शिक्षा आवश्यक छ। त्यसका लागि यहाँहरूले भूमिका बढाउन जरुरी छ।”

    images
    images
    images

    उनको भनाइमा सामुदायिक विद्यालयप्रति सबैभन्दा बढी जिम्मेवारी स्थानीय समुदायको हुनुपर्ने हो। अभिभावकहरूले नियमित अनुगमन गर्नुपर्ने, विद्यार्थीहरूले पढाइमा रुचि बढाउनुपर्ने र शिक्षकहरूले जिम्मेवार ढंगले अध्यापन गर्नु पर्नेमा उनले जोड दिएका छन्।

    images
    images
    images

    “सन्तोष गर्ने अवस्था छैन,” मुख्यमन्त्री आचार्यले भने, “सन्तोष हुने बनाउने गरी मेहनत गर्न जरुरी छ।”

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।