Logo

२०८३, कार्तिक २८गते


images
images

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः ओली

१४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः ओली

images
  • १४ महिनापछि राजीनामा दिन्छु, शेरबहादुरजी प्रधानमन्त्री बन्नुहुन्छः ओली
    images

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको राजीनामासम्बन्धी अभिव्यक्तिले नेपाली राजनीतिमा नयाँ तरंग ल्याएको छ । संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले अब १४ महिनापछि प्रधानमन्त्री पदबाट राजीनामा दिने र त्यसपछि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने सार्वजनिक रूपमा बताएका छन् ।

    images
    images
    images

    ओलीले हाँसोसहित प्रतिक्रिया दिँदै भने, “अब १४ महिनापछि मैले राजीनामा गर्छु, शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्छ ।” यो भनाइलाई कतिपयले सामान्य ठट्टा ठानेपनि नेपाली राजनीतिमा सन्देश प्रवाहको एउटा शैलीको रूपमा पनि बुझिएको छ ।

    images
    images
    images

    सरकार परिवर्तनको चर्चा चुलिएको बेला सञ्चारकर्मीहरूले प्रधानमन्त्री ओलीसँग जिज्ञासा राखेका थिए। त्यसैक्रममा आएको यो अभिव्यक्तिलाई सत्तारूढ गठबन्धनभित्रको रणनीतिक इशारा पनि मानिएको छ ।

    images
    images

    यसैबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको संसदीय दल बैठकमा काँग्रेस सभापति देउवा थाइल्याण्डबाट फर्किएपछि गठबन्धनका विषयमा छलफल गर्ने जानकारी गराएका थिए । देउवा शुक्रवार थाइल्याण्डबाट फर्किदा सञ्चारकर्मीहरूसँग छोटो प्रतिक्रिया दिंदै भने, “गठबन्धन सरकार पूरा समयसम्म चल्नेछ ।”

    सत्तापक्ष र प्रतिपक्ष दलका यी नेताहरुको भनाइले सत्ता गठबन्धन र प्रतिपक्ष दलहरु सत्ताको छिनाझम्टीमा राम्रैसंग लागेको पुष्टि हुन्छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।