Logo

२०८३, आश्विन १०गते


images
images

लचिलो भएर वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आग्रह

लचिलो भएर वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आग्रह

images
  • लचिलो भएर वार्तामा आउन शिक्षकलाई शिक्षामन्त्रीको आग्रह
    images
    images

    काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले संविधान, कानून र देशको बजेटले धान्ने सीमाभित्र रहेर शिक्षकका मागहरु सम्बोधन गर्ने प्रतिवद्धता  जनाएका छन् । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वार्ताबाट समस्याको समाधान गर्ने बताए । 

    images
    images
    images

    उनले लचिलो भएर वार्तामा आउन शिक्षकहरुलाई आह्वान गरे  । 

    images
    images
    images

    ‘सरकार शिक्षकहरुसँग वार्ता र संवादको माध्यमबाट अहिले देखिएका समस्याहरु समाधान गर्न प्रतिवद्ध छ । कटिवद्ध छ ।' उनले भने, 'म शिक्षक साथीहरुलाई लचिलो भएर वार्तामा आउन आग्रह गर्दछु । संविधानको सीमा, ऐन, कानूनको सीमा र देशको बजेटले धान्ने सीमाभित्र हामी समाधानहरु खोज्न तयार छौँ । सरकारको तर्फबाट वार्ताको आह्वान गरिसकेको छु ।’

    images
    images
    images

    सरकारको तर्फबाट वार्ताका लागि आफूले आह्वान गरिसकेको पनि शिक्षामन्त्री पन्तको भनाइ छ । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।