काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको बताएका छन्। शुक्रवार प्रतिनिधि सभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बर्तौलाले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले कुनै मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेति गरिरहेको टिप्पणी गरे।
उनले प्रचण्डको यो कदम सत्तारुढ दलहरूमा भ्रम र भय सिर्जना गर्न उद्देश्य राखेर लिइएको आरोप लगाए।
बर्तौलाले भने, "प्रचण्ड फण्डाबाहेक काँग्रेस र एमालेको बीचमा सत्ता सहयात्रामा कुनै समस्या छैन।" उनले काँग्रेससँगको सहयात्रामा २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म प्रचण्डको आरोपलाई बेवास्ता गर्दै काँग्रेस र एमालेबीचको सहयात्रा अगाडि बढ्ने दाबी गरे।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology