Logo

२०८३, कार्तिक २८गते


images
images

राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छुः सुवेदी

राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छुः सुवेदी

images
  • राजसंस्था पुनःस्थापना र हिन्दु राष्ट्र निर्माण गर्न सक्षम छुः सुवेदी
    images

    काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनस्र्थापना नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।

    images
    images
    images

    तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग र नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा सुवेदीले यस्तो बताएका हुन्। उनले राजसंस्था पुनस्र्थापना, नेपाल हिन्दू राष्ट्र कायम रहनुपर्ने, संघीयता खारेज गर्नुपर्ने लगायतका मागहरू राखेका छन् ।

    images
    images
    images

    सुवेदीले भने, "हामी शान्तिपूर्ण आन्दोलनमार्फत् आफ्ना माग राख्न चाहन्छौं।" उनले भने, "यदि शान्तिपूर्ण विरोधमा कुनै पनि व्यक्ति आक्रमण गर्छ भने हामी प्रतिकार गर्न तयार हुनेछौं ।"

    images
    images

    राष्ट्रिय झण्डाको दुरुपयोगको आरोप बारे पत्रकारहरूको प्रश्नमा सुवेदीले भने, "राष्ट्रिय झण्डा बोक्ने मान्छेलाई दुरुपयोग भन्ने मान्छे अराष्ट्रिय हो । पहिला देशलाई सुरक्षित बनाएर पार्टीको झण्डा उठाउँदा हुन्छ ।"

    उनले थपे, "आन्दोलन नवराजलाई थुनेर मात्र होइन, नवराज म¥यो भने पनि अर्को राजले आन्दोलन शुरु गर्छ । यो आन्दोलन जारी रहनेछ, जबसम्म राजसंस्था पुनःस्थापना हुँदैन, हिन्दू राष्ट्र नेपाल हुँदैन, संघीयता खारेज हुँदैन, र बहुदलीय प्रजातन्त्र खारेज हुँदैन ।"

    सुवेदीले विश्वका विभिन्न देशमा वृद्ध नेता सफल कार्यहरू गर्ने उदाहरण दिँदै आफूलाई पनि राजसंस्था पुनस्र्थापना, हिन्दू राष्ट्र नेपाल, र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सक्षम रहेको उल्लेख गरे ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।