Logo

२०८३, कार्तिक २८गते


images
images

मौसम

तापक्रम बढ्दै, तराईमा तातो लहरको सम्भावना

तापक्रम बढ्दै, तराईमा तातो लहरको सम्भावना

images
  • तापक्रम बढ्दै, तराईमा तातो लहरको सम्भावना
    images

    काठमाडौं । देशभर स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ। अधिकांश ठाउँमा तापक्रम बढिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्यत्र मौसम प्रायः सफा छ।

    images
    images
    images

    आज दिउँसो ती पहाडी प्रदेशमा सामान्य बदली हुँदै एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको पनि पूर्वानुमान गरिएको छ।

    images
    images
    images

    राति पनि यस्तै अवस्था रहनेछ। त्यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ।

    images
    images

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।