काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज दिउँसो २ बजे बस्दैछ। प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसद्को बजेट अधिवेशनका बारेमा छलफल हुनेछ ।
हिजोदेखि सुरु भएको अधिवेशनलाई प्रभावकारी बनाउने रणनीतिमाथि बैठक केन्द्रित हुने जनाइएको छ ।
साथै, पछिल्लो समय चर्किँदै गएको शिक्षक आन्दोलन र उनीहरूले उठाएका मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषय पनि बैठकको एजेन्डा रहेको नेताहरूले बताएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology