Logo

२०८३, कार्तिक २८गते


images
images

भूराजनीतिक संवेदनशीलताप्रति सचेत बनौं : नेता पोखरेल

भूराजनीतिक संवेदनशीलताप्रति सचेत बनौं : नेता पोखरेल

images
  • भूराजनीतिक संवेदनशीलताप्रति सचेत बनौं : नेता पोखरेल
    images

    काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालजस्तो भूराजनीतिक हिसाबले संवेदनशील मुलुकमा राष्ट्रिय स्वाधिनता र स्वाभिमानको विषयमा गम्भीर ढंगले सोच्नुपर्ने बताएका छन् । ललितपुरमा शनिबार आयोजित मनमोहन अधिकारी २६ औं स्मृति सभामा सम्बोधन गर्दै पोखरेलले देशको भूगोल र छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई दृष्टिगत गर्नुपर्ने बताए ।

    images
    images
    images

    उनले एकातिर १८ सय किलोमिटर सीमा भारतसँग र अर्कातिर १४ सय किलोमिटर सीमा चीनसँग जोडिएको अवस्थालाई उल्लेख गर्दै, भारतसँगको खुला सिमानाले थप संवेदनशीलता बढाएको धारणा राखे । “भारतसँग भएका पुराना सन्धी सम्झौताहरू आजसम्म अद्यावधिक हुन सकेका छैनन् । ती यथावत् छन्,” पोखरेलले भने। उनले चीनसँगको सिमाना हिमालले पर्खाल सरह जोगाएको भए पनि भारतसँगको खुला सीमा र त्यहाँबाट उत्पन्न हुने रणनीतिक, कूटनीतिक र आन्तरिक दबाबको विषयमा थप गम्भीर हुनुपर्ने धारणा राखे ।

    images
    images
    images

    पोखरेलले नेपालको राजनीतिमा अहिले अनेक हिसाबले समस्या रहेको चित्रण गर्दै त्यसैको फाइदा उठाउँदै नेकपा एमालेलाई कमजोर देखाउने प्रयास भइरहेको आरोप लगाए । “एमाले जहिले पनि प्रतिकूलतासँग जुध्दै, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको पक्षमा दृढतापूर्वक उभिँदै आएको छ,” पोखरेलले भने । उनले एमालेलाई आफ्नो भूमिकाबाट च्युत गराउने चौतर्फी प्रयास भइरहेको भन्दै पार्टी अझ सशक्त ढंगले अठोट, संकल्प र उद्देश्यमा समर्पित हुनुपर्नेमा जोड दिए ।

    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।