काठमाडौं । थाइल्याण्डमा सुरक्षाकर्मी सवार विमान दुर्घटना भएको छ । फेत्चाबुरी प्रान्तस्थित पर्यटकीय शहर हुआ हिनको समुद्री किनारमा शुक्रवार विमान दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ।
राष्ट्रिय प्रहरीका अनुसार उक्त विमान प्रहरी उड्डयन विभागको हो, जुन प्यारासुट प्रशिक्षणका लागि परीक्षण उडानमा निस्किएको केही समयपछि समुन्द्रमा खसेको थियो। घटनामा सवार सबै ६ जनाको ज्यान गएको पुष्टि गरिएको छ।
प्रहरीले दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु गरिएको जनाएको छ। अधिकारीहरूले घटनास्थलमा उद्धार कार्य सम्पन्न भइसकेको र विमानको ब्ल्याकबक्स संकलन गरी कारण पत्ता लगाउने प्रक्रिया अगाडि बढाइएको जनाएका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology