काठमाडौं । भारत काश्मीरको पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्या भएको घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ । शनिवार नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दूतावासअगाडि प्रदर्शन गरेको हो ।
बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले आतङ्कवादी आक्रमणमा ज्यान गुमाएका थिए ।
सो घटनाको विरोधमा नारा र प्लेकार्डसहित प्रदर्शन गरिएको छ । प्रदर्शनकारीहरूले 'हिन्दुको हत्या बन्द गर', 'आतङ्कवाद मुर्दावाद', 'आतङ्ककारीलाई कारबाही गर', 'मानवताको रक्षा गर' जस्ता नारा लगाएका थिए ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology