देवदह । निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाले नियमित बचत गर्ने बालबालिकालाई बनभोज र खेलकुद कार्यक्रममा सहभागी गराएको छ । संस्थाले बालबालिकालाई शनिवार सुनवल नगरपालिकाको हिलपार्कमा बनभोजसंगै खेलकुद र बाल प्रतिभा प्रदर्शन कार्यक्रम सहभागी गराएको व्यवस्थापक गीता बस्नेतले जानकारी दिइन् ।
सहकारीमा नियमित बचत गर्ने बाल बचतकर्ता ४५० जना रहेको र हरेक वर्ष ५० जना बालबालिकालाई बनभोजसंगै अतिरिक्त कार्यक्रममा सहभागी गराउंदै आएको सहकारीकी अध्यक्ष मिना कुमारी भुसाल पौडेलले जानकारी दिइन् । गतवर्ष बालबालिकालाई देवदह कै बुद्धपार्कमा लागेको र यो वर्ष फरक ठाउँ चिन्न पनि सहयोग होस् भनेर सुनवलस्थित हिलपार्कमा लागिएको उनको भनाई छ ।
बनभोज तथा खेलकुद कार्यक्रम लेखिएको व्यानरमा आयोजित कार्यक्रममा 'तातो आलु' खेलसंगै बालबालिकालेहरुले कविता, गीत, स्पीच लगायतका प्रतिभा समेत प्रस्तुत गरेका थिए ।
यसै बीच 'तातो आलु अर्थात् हट पोटाटो' प्रतियोगितामा सलिना श्रेष्ठ प्रथम भएकी छन् । प्रतियोगितामा सृष्टि जिसी दोस्रो र अनुषा पौडेल तेस्रो भएको सहकारीका उपाध्यक्ष शर्मिला पन्तले जानकारी दिइन् । प्रतिगोगिता विजेता बालबालिकालाई पुरस्कार र मायाको चिनो प्रदान गरिएको सहकारीका सचिव ओविता ज्ञवाली गौतमले बताइन् ।
कार्यक्रममा सहकारीका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

वि. सं. २०६५ सालमा स्थापना भएको निरन्तर महिला बचत तथा ऋण सहकारी संस्थाको कार्यालय देवदह नगरपालिका वडा नं ६ मा रहेको छा ।सहकारीमा एक हजार तीन सय पाँच जना शेयर सदस्य रहेका छन् ।
'तातो आलु अर्थात् हट पोटाटो' खेल के हो ? कसरी खेलिन्छ ?
तातो आलु (Hot Potato) खेल एक रमाइलो समूहगत खेल हो, जुन मुख्यत: साना बच्चादेखि ठूला समूहसम्म सबैले खेल्न सकिन्छ । यो खेलमा बल, कुशन वा कुनै हल्का वस्तुलाई 'तातो आलु' मानेर खेलिन्छ ।
तातो आलु अर्थात् हट पोटाटो खेल खेल्न सबै खेलाडीहरू गोलो घेरा बनाएर बस्न वा उभिनुपर्छ। खेल सुरु हुनुअघि एक जना खेल बाहिरको व्यक्ति वा कुनै खेलाडीले मोबाइल वा अन्य कुनै माध्यममा संगीत वा गीत बजाउन थाल्छ । संगीत बजिरहेको बेला खेलाडीहरूले 'तातो आलु' एक अर्कालाई छिटोछिटो पास गर्दै जान्छन् ।
यो आलु लामो समयसम्म आफ्नो हातमा राख्न पाइँदैन, किनभने तातो वस्तु भएकाले चाँडै फाल्नुपर्ने नियम हुन्छ । यस्तै गर्दा अचानक संगीत रोकिन्छ र जसको हातमा त्यो तातो आलु रोकिँदाको समयमा हुन्छ, त्यो खेलाडी खेलबाट बाहिरिन्छ । बाँकी खेलाडीहरूबीच पुनः संगीत बजाएर खेल दोहोर्याइन्छ र अन्त्यमा एउटा मात्र विजेता बाँकी रहन्छ ।
खेलमा तातो आलु लामो समयसम्म समातेर राख्न नपाइने र छिटोछिटो अगाडि पठाउनुपर्ने हुन्छ, जसले गर्दा खेल रमाइलो, चञ्चल र सक्रिय बन्छ ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology