काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले अहिले माओवादीसँग बन्दुक नरहेकाले प्रचार संयन्त्रमार्फत नै बुर्जुवासँग लड्नुपर्ने बताएका छन्।
आइतवार काठमाडौंमा आयोजित कार्यक्रममा 'प्रचण्ड'ले बन्दुक चलाएर अगाडि जाने परिस्थिति नरहेको उल्लेख गरे। उनले प्रचार संयन्त्रमार्फत वैदेशिक प्रतिक्रियावाद, देशभित्रका यथास्थितिवादी र प्रतिगामी षड्यन्त्रविरुद्ध संघर्ष गर्नुपर्ने बताएका छन्।
अध्यक्ष प्रचण्डले माओवादी केन्द्रले सूचना तथा प्रचार क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताए । उनले भने, "अहिले हामीसँग बन्दुक छैन। बन्दुक चलाएर अगाडि जाने परिस्थिति पनि होइन। त्यसकारण हामीले प्रचार संयन्त्रमार्फत बुर्जुवासँग लड्नुपर्छ। वैदेशिक प्रतिक्रियावाद र देशभित्रका यथास्थितिवादी तथा प्रतिगामी षड्यन्त्रसँग पनि प्रचार संयन्त्रमार्फत लड्नुपर्छ।"
अध्यक्ष 'प्रचण्ड'ले देशको राजनीति अहिले निकै पेचिलो परिस्थितिबाट अगाडि बढिरहेको टिप्पणी पनि गरेका छन्।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology