काठमाडौँ । आज बिहान ३ बजेर ६ मिनेट जाँदा डोल्पामा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
केन्द्रका अनुसार, भूकम्पको केन्द्रविन्दु डोल्पाको काञ्जिरोवा हिमाल क्षेत्रमा रहेको छ।
यसअघि, गोरखा भूकम्पको १० वर्ष पुगेको दिन १२ गते सिन्धुपाल्चोकमा पनि ४.१ म्याग्निच्युडको भूकम्प आएको थियो।
हालको भूकम्पले कुनै ठूलो क्षति भने नपुर्याए पनि यसले क्षेत्रीय जनजीवनमा केही हल्लचल सिर्जना गरेको छ।
Copyright © All right reserved to setomasi.com
Site By: SobizTrend Technology